'बिए'का सबै विषय अब चारवर्षे

2019-08-13

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायको सबै विषयको पाठ्यक्रम यसै वर्षदेखि चारवर्षे बनाउने निर्णय गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रा.डा. शिवलाल भुसालले आइतबार बसेको फ्याकल्टी बोर्ड बैठकले बिए चारवर्षे बनाउने निर्णय गरेको बताए ।

कार्यक्रम कार्यान्वयनका लागि बाटो खुले पनि बोर्डको निर्णयलाई प्राज्ञिक परिषद्ले अनुमोदन गर्नुपर्नेछ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको छ । यस वर्षदेखि कार्यान्वयन हुने अधिकांश विषय समितिले पहिलो वर्षको पाठ्यक्रम डिन कार्यालयमा पठाइसकेका छन् । विद्यार्थी संख्या अत्यन्तै न्यून भएका केही विषयको पाठ्यक्रम आउन बाँकी रहेको डिन भुसालले बताए । ती विषयको समेत फ्रेमवर्क आइसकेको र विस्तृत छिटै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि कक्षा १२ को सबै विषयको नतिजा सार्वजनिक गरिसकेको छ । अहिलेसम्म चारवर्षे बिएको कोर्स तयार गरी आधिकारिक निर्णय नहुँदा र विद्यार्थी भर्नाका लागि परामर्श लिन आउन थालेपछि कलेजका पदाधिकारी अन्योलमा थिए ।

भुसालले मानविकीको स्नातक तहको कोर्सलाई समयसापेक्ष र व्यावहारिक बनाउने प्रयास भएको बताए । मानविकीका विषयमा समानतासमेत ल्याउने प्रयास भएको बताए । अहिले प्रयोगात्मक हुने सबै विषयमा ३० नम्बरको प्रयोगात्मक र ७० नम्बरको सैद्धान्तिकको भार राखेको उनले बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ