विर्तामोडका तीन वडा कार्यालय भवनमा विस्फोट

2019-08-12

झापा - बिर्तामोड नगरपालिकाको तीनवटा वडा कार्यालय सञ्चालनमा रहेको भवनमा बम विस्फोट भएको छ । बिर्तामोड–९ स्थित गरामनीमा ७, ८ र ९ नम्बर वडा कार्यालय सञलनमा रहेको भवनमा सोमबार बिहान साढे ४ बजे विस्फोट भएको हो ।

भवन आसपासमा विस्फोट भएजस्तै आवाज आएपछि अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्फोटबाट कार्यालय भवनको ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामान र कार्यालयको भित्तामा क्षति पुगेको छ ।

घटनास्थलमा विस्फोटक पदार्थका कुनै पनि अवषेशहरु फेला नपरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनाली, डिएसपी महेन्द्रकुमार श्रेष्ठ र इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्सपेक्टर सुनिलकुमार श्रेष्ठसमेत खटिएको बताइएको छ ।

बम विस्फोट भएको वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ । कुन समूहले विस्फोट गराएको भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ