सदनमा सोधेको कुराको जवाफ पाँच दिनभित्र पाउनुपर्छ : गगन थापा

2019-08-11

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एंव सांसद गगन थापाले सदनको शुन्य र विशेष समयमा आफुँहरुले बोलेको कुरालाई सरकारले वेवास्ता गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । आईतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले सदनको नियममा पाँच दिनभित्र सम्बन्धित मन्त्रीले जानकारी दिनुपर्ने प्रावधान भए पनि कार्यान्वयन नभएको प्रति आक्रोश पोखे ।

उनले सदनको नियमलाई कार्यान्वयन किन नगराएको भनि प्रश्न गरेका छन् । ‘शुन्य र विशेष समयमा हामीले बोलेका कुरा शुन्यमा नै हराउने गरेको हुँदा सदन सञ्चालनको नियममा एकपटक विशेष व्यवस्था गर्दै लेख्यौं शुन्य र विशेष समयमा उठेका विषयमा सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई जानकारी गराउनु पर्नेछ । तर हामी यहाँ कुनै जानकारी पाएका छैनौं । यो नियमको कार्यान्वयन किन नभएको ?’ थापाले प्रश्न गरेका छन् ।

थापाले सांसदले आफ्नो प्रश्नको जवाफ नपाउनु सदनभित्र बोल्नु र बाहिर बोल्नुमा फरक नपरेको पनि टिप्पणी गरे । थापाले भने, ‘हामीले बोलेको कुराको जवाफ पाँच दिनभित्र प्राप्त गर्नुपर्छ । अन्यथा यहाँ बोल्नु र बाहिर सिंढीमा गएर बोल्नुमा केहि फरक पर्नेवाला छैन् । यहाँ समयको पावन्दी हुन्छ बाहिर जति पनि बोल्नु पाईन्छ ।’

सांसद थापाले सभामुखलाई सदनको नियमलाई कार्यान्वयन गराउन जोडदार माग गरेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ