गुल्मीमा जिप दुर्घटना : १ जनाकाे मृत्यु, ४ घाइते

2019-08-10

तम्घास - गुल्मीको गुल्मी दरबार गाउँपालिका ३ गौडाकोटको कुसुण्डे भिरमा जिप दुर्घटना भएको छ । दुर्घटनामा गाडी चालक छत्रदेव गाउँपालिका-७ का ४६ वर्षीय हरि प्रसाद पाण्डेको मृत्यु भएकाे छ ।

रिडीबाट तम्घास आउँदै गरेको लु २ च ५४७५ नम्बरको जिप दुर्घटनामा परेको सशस्त्र प्रहरी बल गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खनालले बताए । गम्भिर घाइते जिल्ला प्रहरी कार्यालय गुल्मीका गाडी चालक अर्घाखाँची छत्रदेव गाउँपालिका-७ भगवतीका प्रहरी जवान कृष्ण पाण्डेय, रेसुङ्गा नगरपालिका-३ का दिपक बिक, भोजेन्द्र बिक र रेसुङ्गा नगरपालिका-१२ का शेर बहादुर बिकलाई उपचारका लागि पाल्पा रिफर गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ