धनुषामा मेयर र उपमेयर समूहबीच झडप, ६ घाइते

2019-08-07

धनुषा - कार्यालय सार्ने विषयमा धनुषामा दुई पक्षबीच विवाद झडप भएको छ। हंसपुर नगरपालिकामा मेयर र उपमेयर समूहबीच मंगलबार झडप भएको हो। नगर प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाका समुहबीच झडप भएको प्रहरीले जनाएको हो।

झडपपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था तनावग्रस्त नै रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएको छ। मेयर मण्डल पक्षका व्यक्तिहरूले कार्यालय सार्ने भन्दै समान लिन ट्याक्टर लिएर नगरपालिका पुगेपछि उपमेयर झा पक्षका व्यक्तिहरूले रोक्ने प्रयास गर्दा झडप भएको हो।

झडपपछि मेयर पक्षका व्यक्तिहरूसँगै नगरपालिका पुगेका प्रहरीको लाठी चार्जबाट अधा दर्जन मानिस घाइते भएका छन्। उपमेयर झासहित आधा दर्जन व्यक्ति प्रहरीको लाठीबाट घाइते भएका छन्। घाईतेहरुको उपचार स्थानीय क्लिनिक भईरहेको छ भने कोहीलाई जनकपुर ल्याइएको छन्।

हंसपुर नगरपालिकाको कार्यालय साविकाको बघचौडा गाविसमा तोकेको छ। तर मेयर मण्डलले आफ्नो गाउँ बेल्ही चोकमा कार्यालय सञ्चालन गर्न खोजेपछि विवाद चुलिएको हो। मेयर मण्डलले बघचौडा कार्यालयबाट बेल्ही कार्यालयका लागि सामान लैजान तीन ट्याक्टरमा करिब ५०÷६० जना लिएर पुगेका थिए। उपमेयर पक्षले भने बघचौरामै कार्यालय राख्नुपर्ने भन्दै कार्यालयबाट सामान लैजान रोकेपछि झडप भएको स्थानीयले बताए। उपमेयर झाले सरकारले तोकेको केन्द्रबाट जर्वजस्ती आफ्नो गाउँमा कार्यालय सञ्चालन गरेको र सामान लिन आएपछि रोक्दा झडप भएको प्रतिक्रिया दिइन्।

उनले छलफलबाट समस्या समाधान गर्न आग्रह गर्दा पनि बेवास्ता गरी जबरजस्ती कार्यालय सार्न खोजेको बताइन्। नगरपालिका केन्द्रको विषयलाई लिएर मेयर मण्डल र उपमेयर झाबीच चुनाव निर्वाचित भएदेखि नै विवाद चल्दै आएको छ। जसका कारण विकास निर्माणसमेत प्रभावित हुँदै आएको छ। पछिल्लो समय मेयरले आफ्नो गाउँमासमेत कार्यालय सञ्चालन गरेपछि झन विवाद चर्केको स्थानीय बताउँछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ