मेलम्चीको ठेकेदार टुंगो लाग्दै, यो वर्ष पानी नाउने निश्चित

2019-08-06

काठमाडौँ - मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिने तयारी गरिएको छ । मेलम्ची विकास समिति स्रोतका अनुसार हेडबक्स र सुरुङ फिनिसिङका दुई ठेक्का सिनो हाइड्रोले पाउने निश्चित भएको हो । गत २९ मंसिरमा इटालियन कम्पनी सिएमसी दि राभेनाले छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।

मेलम्चीका बाँकी काम गर्न सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय रमन जेभीले प्रस्ताव हालेका थिए । समितिले दुवै कम्पनीको मूल्यांकन गरेर फाइल आयोजनाको लगानीकर्ता एसियाली विकास बैंक (एडिबी)मा पठाएको छ । अहिले एडिबीले मूल्यांकन गरिरहेको समितिका एक अधिकारीले जानकारी दिए । सिनो हाइड्रोले स्टिमेटभन्दा ३५ प्रतिशत कममा प्रस्ताव हालेको पनि स्रोतले बतायो । ‘सिनो हाइड्रोको अनुभव र उसको प्रस्ताव हेर्दा ठेक्का उसैले पाउने निश्चित छ,’ समितिका एक सदस्यले भने, ‘अहिले एडिबीले मूल्यांकन गरिरहेको छ । एक साताभित्र टुंगो लाग्छ ।’

चालू आर्थिक वर्षमा पानी नआउने
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी काठमाडौंमा ल्याउने घोषणा गरेको छ । तर, यो घोषणा एकपटक फेरि घोषणामै सीमित हुने निश्चित भएको छ । आयोजनाको काम आठ महिनायता ठप्प छ भने सिएमसीसँग ठेक्का तोडिएको पनि ६ महिनाभन्दा बढी भइसकेको छ । समितिले खुलाएको टेन्डरमा हेडबक्सको कामका लागि १५ महिना र सुरुङ फिनिसिङको कामका लागि एक वर्षको समयसीमा दिइएको छ । ठेक्का प्रक्रिया अझै नसिएकाले चाँडोमा एक महिनाअघि आयोजनाको काम सुरु हुने अवस्था छैन । भदौ अन्तिमबाट काम सुरु भएर कुनै अवरोध नभए पनि ०७७ फागुनमा मात्रै मेलम्चीको पानी काठमाडौं आउने सम्भावना छ ।

भुक्तानी विवादले काम रोकिन सक्ने
सिएमसीसँग काम गरेका ८८ भेन्डर र आठ सय मजदुरले एक अर्ब ६७ करोड चार लाख भुक्तानी मागिरहेका छन् । भुक्तानी नपाए काममा अवरोध गर्ने उनीहरूको चेतावनी छ । आयोजनाले भने उनीहरूको सम्झौता सिएमसीसँग भएकाले आफूहरूसँग भुक्तानी दिने अधिकार नभएको बताउँदै आएको छ ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ