स्याटलाइट अन्तरिक्षमा पुगेको डेढ महिना भयो तर ग्राउन्ड स्टेसन अझै बनेन

2019-08-04

काठमाडौँ - अन्तरिक्षमा पुगेको नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ डेढ महिनादेखि पृथ्वीको कक्षमा घुमिरहेको छ । तर, स्याटलाइटबाट तथ्यांक लिने र विश्लेषण गर्ने ग्राउन्ड स्टेसन भने अझै तयार भएको छैन । ग्राउन्ड स्टेसन नहुँदा भू–उप्रगहले पठाउने तथ्यांक नेपालबाट विश्लेषण हुन सकेको छैन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ग्राउन्ड स्टेसन बनाउन आव ०७५/७६ मा छुट्याएको बजेट नै फ्रिज भएको हो । ग्राउन्ड स्टेसन बनाउन १९ चैतमा बोलपत्र आह्वान गरेको नास्टले सप्लायर्स डिकेड इन्टरनेसनलसँग १९ लाख १५ हजारमा सम्झौता गरेको थियो । तर, समयमै सामान खरिद गरेर कागजात पूरा नगरेकाले बजेट खर्च नभएको नास्ट प्रवक्ता डा. सुरेश ढुंगेलले बताए ।

तर, साउन मसान्तभित्रै ग्राउन्ड स्टेसन तयार हुने प्रवक्ता ढुंगेलको दाबी छ । ‘सबै काम सकिएको छ, अब एन्टेनाको पिलर उठाउने काम मात्रै बाँकी छ,’ उनले भने, ‘निःसर्त अनुदान रोकिएको छ, ससर्त अनुदानका लागि योजना र बजेट पठाइसकेको छौँ । यसवर्ष ग्राउन्ड स्टेसनका लागि पुनः २० लाख विनियोजन भएको छ ।’ ग्राउन्ड स्टेसनका लागि ट्रान्समिटर, रिसिभर, एन्टिना, कम्प्युटर, मनिटरलगायतका उपकरण आवश्यक पर्छन् । अन्तरीक्षामा भू–उपग्रहले एडप्ट गर्ने तथ्यांक अध्ययन गर्ने टोली बस्नका लागि बनाइने प्राविधिक कक्ष नै ‘ग्राउन्ड स्टेसन’ हो ।

‘नेपाली स्याटलाइट अन्तरीक्षमा छ, तर ग्राउन्ड स्टेसन तयार नहुँदा स्याटलाइटबाट तथ्यांक लिएर विश्लेषण गर्न पाइएको छैन,’ स्याटलाइट निर्माणमा संलग्न नास्टका वैज्ञानिक हरिराम श्रेष्ठले भने । २ असारमा अन्तर्राष्ट्रिय अन्तरीक्षकक्ष (आइएसएस)बाट नेपाली स्याटलाइटसँगै श्रीलंकाको ‘राभाना’ र जापानको ‘उगिसु’ नामक नानो स्याटलाइट पृथ्वीको कक्षमा छाडिएका थिए । स्याटलाइट निर्माणमा सहयोग गर्ने जापानको आफ्नै ग्राउन्ड स्टेसन छ । श्रीलंकाले पनि आफ्नो स्याटलाइटले लिएका तथ्यांक आफ्नै ग्राउन्ड स्टेसनबाट विश्लेषण गर्न थालिसकेको छ ।

नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठले जापानी क्युटेक युनिभर्सिटीको बर्ड्स–थ्री परियोजनाअन्तर्गत बनाएका नेपाल, श्रीलंका र जापानका तीनवटै स्याटलाइट ५ जेठमा अमेरिकाको भर्जिनियाबाट अन्तर्राष्ट्रिय अन्तरीक्ष कक्ष (आइएसएस) पठाइएको थियो ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ