३८ क्विन्टल सुन तस्करी प्रकरण : गोल्यानलाई १० लाख धरौटीमा रिहा गर्न आदेश, अन्यलाई थुनामै राख्न आदेश

2019-08-03

काठमाडौं - सर्वोच्च अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश गरेका महावीर गोल्यान बाहेकका अन्य प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्विकार गरेको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले लामो बहसपछि टुंगो लगाउँदै यस्तो निर्णय सुनाएको हो। सर्वोच्चले व्यापारी महावीरप्रसाद गोल्यान (चाचाजी) लाई भने १० लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ।

जिल्ला अदालत मोरङ, उच्च अदालत विराटनगर हुँदै सर्वोच्चसम्म आइपुगेको मुद्दामा आज निर्णय भएको हो। दुई साता लामो बहसपछि गत मंगलबार निर्णय सुनाउने मिति तोकिए पनि केही दिनदेखि सर्दै आएको थियो।

जिल्ला अदालत मोरङले धरौटीमा छोड्न अस्विकार गरेपछि आरोपितहरु उच्च अदालत विराटनगर पुगेका थिए। तर उच्चले पनि धरौटीमा छोड्न अस्विकार गरेपछि उनीहरुले त्यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए।

सर्वोच्चले आरोपीहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी, गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल र बालकृष्ण सञ्जेलसहित २८ जनालाई थुनामा राख्ने निर्णय सदर गरेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ