मेसीमाथि ३ महिनासम्म फुटबल खेल्न प्रतिबन्ध, ५० हजार डलर जरिवाना

2019-08-03

एजेन्सी - अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार गत महिना सम्पन्न कोपा अमेरिका प्रतियोगितापछि विवादास्पद अभिव्यक्ति दिएका कारण उनीमाथि प्रतिबन्ध लागेको हो। दक्षिण अकेरिकी फुटबल फेडेरेशनले मेसीमाथि प्रतिबन्धसँगै ५० हजार अमेरिकी डरल जरीवानासमेत तोकेको छ।

मेसीले सेमिफाइनल खेलमा अर्जेन्टिना ब्राजिलसँग २-० ले पराजित भएपछि रेफ्रीले भ्रष्टाचार गरी ब्राजिललाई जिताउन भूमिका खेलेको आरोप लगाएका थिए। आफ्नो टोलीले पेनाल्टीको दुई अवसर पाउँदा पनि रेफ्रीले नदिएपछि पराजित हुनु परेको दाबी गरेका थिए।

तेस्रो स्थानका लागि चिलीविरुद्धको खेलपछि पनि मेसीले यही अभिव्यक्ति दोहो¥याएका थिए। रेफ्रीहरुले प्रतियोगिता ब्राजिललाई जिताउने गरी भूमिका खेलेको आरोप मेसीले लगाएका थिए। चिलीलाई २-१ ले हराउँदै अर्जेन्टिना तेस्रो भएका थियो। त्यसै खेलमा चिलीका कप्तान र मेसीको विवाद पर्दा उनले रातो कार्ड पाएका थिए। आफूलाई रेफ्री पूर्वाग्रह राखी रातोकार्ड दिएको मेसीले बताएका थिए।

प्रतिबन्धका कारण मेसीले आगामी सेप्टेम्बर, अक्टोबर मा हुने चिली, मेक्सिको र जर्मनीसँगको मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ