संसद्को अवरोध हटाउन सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

2019-08-01

काठमाडौं - प्रतिनिधिसभाको अवरोध हटाउनेबारे सभामुख कृष्णबहादुर महराले बिहीबार सर्वदलीय बैठक बोलाएका छन् । नेपाली कांग्रेस र राजपाको अवरोधका कारण केहीदिनदेखि संसद बैठक बस्न नसकेपछि सभामुख महराले बिहीबार दिउँसो १२ बजेपछि सर्वदलीय बैठक बोलाएको उनका प्रेस संयाजक डिल्ली मल्लले जानकारी दिए ।

बुधबार कांग्रेस र राजपाका सांसदले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै नाराबाजी गरेपछि संसद बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

सर्लाहीको बाँके चोकमा विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेस र राजपाका सांसदको माग गर्दै असार २४ गते देखि प्रतिनिधिसभामा नाराबाजी गर्दै आएका छन् ।

यस्तै, राष्ट्रियसभाबाट राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ पारित गर्ने तयारी छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेपछि पारित गर्ने तयारी भएको संसद् सचिवालयले जनाएको छ ।

बिहीबारको बैठकमा वातावरणमैत्री सवारी र यातायात नीति, २०७१ र विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्ने कार्यसूची छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ