नुवाकोट र रौतहटका वडा कार्यालयमा बम विष्फोट तथा आगजनी

2019-07-31

काठमाडौं - नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विष्फोट तथा आगजनी गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विष्फोट गराएका हुन् । विष्फोटबाट वडा कार्यालयका महत्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम विष्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्वपूर्ण सामग्री जलेको जानकारी दिइन् ।

बम विष्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै प्रतिबन्धित विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी गरिएको छ ।

चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गए राति १ बजेतिर अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् । नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।
उपत्यकामा बन्दको असर सामान्य, लामो दूरीका गाडी चलेनन्
काठमाडौं उपत्यका र आसपासका ठाउँमा अहिले हिजो भन्दा केहि कम गाडी चलिरहेका छन् । लामो दूरीका गाडी भने प्रायः चलेका छैनन् ।

काठमाडौं भित्रिने र बाहिरिने गाडी फाट्टफुट्ट मात्र चले पनि सडकमा कतै अवरोध नभएको प्रहरीले जनाएको छ । प्रहरीले रसुवा, नुवाकोट र गोरखा चल्ने गाडीका काउन्टर बाहेक अरु सबै काउन्टरबाट लामो दूरीका लागि यात्रुले टिकट काटिरहेको दावी गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेका कारण सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाध रुपमा गाडी चलाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ