बोकोहरामद्वारा अन्धाधुन्द गोली प्रहार : अन्तिम संस्कारमा सहभागी ६५ जनाको मृत्यु

2019-07-29

काठमाडौं - नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रोनोमा बोको हरामका सैन्य फौजले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि ६५ जनाको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त राज्यको मुख्य सहर मैडुगुरीमा मोटरसाइकल तथा भ्यानमा आएका बन्दुकधारीले आफन्तको अन्तिम संस्कारमा सहभागीमाथि अन्धाधुन्द गोली चलाउँदा ६५ जनाको मृत्यु भएको हो ।

केहीको आक्रमणकारीलाई पछ्याउने क्रममा मृत्यु भएको हो भने केहीको घटनास्थलमै मृत्यु भएको बीबीसीले जनाएको छ । पछिल्लो समय उक्त क्षेत्रमा इस्लामिक आक्रमण बढेको छ । स्थानीय सरकारी अधिकारी मुहम्मेद बुलामाले दुई साताअघि गाउँलेले ११ जना बोको हराम विद्रोहीमाथि ज्यान जाने हमला गरेको बदलामा उक्त आक्रमण गरेको हुनसक्ने बताएका छन् ।

घटनास्थल पुगेका एएफपीका संवाददाताका अनुसार घरहरु जलिरहेका थिए भने आफन्तले मृतकको शव उठाउँदै थिए । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले उक्त हमलाको निन्दा गरेका छन् । राष्ट्रपतिले हवाई सैनिकलाई उक्त हमलाकारीलाई तत्काल पत्ता लगाउन निर्देशन दिएको रोयटर्समा उल्लेख गरिएको छ ।

उक्त क्षेत्रमा द्वन्द्वको एक दशकको अवधिमा दश हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको र २० लाख मानिसहरु भागेको बताइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ