संसद बैठकमा कांग्रेसको पुनः अवरोध गर्ने तयारी

2019-07-29

काठमाडौं - संसद बैठक सोमबार दिउँसो बस्दैछ । तर नेपाली कांग्रेससहितका विपक्षी दलले कुमार पौडेल हत्याको विषयलाई लिएर बैठक अवरुद्ध गर्ने तयारी गरेका छन् ।

भिडन्तमा मारिएको भनिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पौडेलको हत्याका बारेमा छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेससहितका विपक्षी दलको माग छ ।

उनीहरुले यहि माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन्, तर सरकार यसमा सहमत भएको छैन । गएको बुधबार बाढी तथा पहिरोका कारण देशभर भएको क्षतिबारे जरुसी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्न संसद बैठक सुचारु भएको थियो ।

तर सोमबारको बैठकमा भने कुमार पौडेल हत्याका सम्बन्धमा छानबिन गर्न संसदीय समितिको माग यथावत रहेकाले अवरोध गर्ने तयारी भएको कांग्रेसका नेताले बताएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ