नेकपा सचिवालयको बैठक ३ बजे बस्ने, पुर्वसन्ध्यामा पूर्वएमालेको छुट्टै बैठक

2019-07-29

काठमाडौं - नेकपा केन्द्रीय सचिवालयको बैठकअघि बालुवाटारमा पूर्व एमाले नेताहरुको छुट्टै बैठक बसिरहेको छ । बिहान नौ बजेदेखि प्रधानमन्त्री निबासमा पूर्व एमाले नेताको छुट्टै बैठक बसेको हो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसहितका नेकपा सचिवालयमा रहेका पूर्व एमाले नेताहरुको सहभागिता छ ।

दिउँसो ३ बजे बालुवाटारमा नेकपा सचिवालयको बैठक बस्दैछ । नेकपामा स्कुल विभागमा तिब्र विवाद छ। पटक पटक बसेका बैठकमा स्कुल विभाग प्रमुख टुगो लाग्न सकेको छैन । श्रोतका अनुसार स्कुल विभागमा देखिएको विवादको विषयमा आइतबार बालुवाटारमा नेकपाका नेताहरुले तीन चरण छुट्टाछुट्टै छलफल गरेका थिए ।

बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड, दिउँसो प्रचण्ड र माधव नेपाल र साँझ पुनः ओली र प्रचण्डबीच छलफल भएको थियो । तर, स्कुल विभाग प्रमुख कसलाई बनाउने भन्ने विषयमा अझै नेताहरु निष्कर्षमा पुगिनसकेका श्रोतले जनाउको छ । स्कुल विभागमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी छ। पछिल्लो समय यसमा नेताहरु घनश्याम भुसाल र बेदुराम भुसालले आ आफ्नो दाबी प्रस्तुत गरेका छन् । पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पनि स्कुल विभाग प्रमुखमा इच्छा देखाएका छन् । पूर्व माओवादी पक्षले स्कुल विभागमा ईश्वर पोखरेललाई स्कीकारेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ