कैलालीमा चिर्पटले हानेर छोराले बुवाको हत्या गरे

2019-07-29

धनगढी - कैलालीको गोदावरी नगरपालिकाका एक युवकले चिर्पटले हानेर आफ्नै बुवाको हत्या गरेका छन्।

गोदावरी नगरपालिका-५, बर्बाटामा गए राति करिब सवा ९ बजेको समयमा चिर्पटले हानेर ३० वर्षीय छोरा रामसिंह कुमालले आफ्नै बुवा ६० वर्षीय अम्मरसिंह कुमालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रातिको समयमा समान्य घरायसी विवाद भएपछि रामसिंहले बुवा अम्मरसिंहमाथि चिर्पट प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्मरसिंह कुमाललाई उपचारका लागि सेती अञ्चल अस्पतालमा पुर्‍याइएको भए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो। घटनापछि घरबाट भागेका रामसिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरिले जानकारी दिए।

रामसिंहलाई गोदावरी नगरपालिका-१, धनगढी रोडको सब्जीमन्डी नजिकै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको गिरिले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ