अब म्युजिक भिडियो, टेलिफिल्म र विज्ञापन पनि सेन्सर

2019-07-28

काठमाडौं- सरकारले अब म्यूजिक भिडियो र विज्ञापनको पनि सेन्सर गर्ने भएको छ। सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा म्यूजिक भिडियो (सांगितिक चलचित्र) र विज्ञापन चलचित्रलाई चलचित्र जाँच समिति अन्तर्गत सेन्सर गर्ने व्यवस्था गरेको छ।

संघीय संसदमा पेस हुने तयारीमा रहेको ‘चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधेयक’मा चलचित्रको परिभाषा व्यापक बनाइएको छ।

चलचित्र विकास बोर्डको सहयोगमा तयार गरेको बिधेयकमा कथानक चलचित्रका साथै वृत्तचित्र, कार्टुन चलचित्र, एनिमेसन चलचित्र, टेलि-चलचित्र, चलचित्र नाटक, विज्ञापन चलचित्र र सांगितिक भिडियोलाई पनि चलचित्र सम्झिनुपर्ने परिभाषा गरिएको छ।

सेन्सर भने जाँच समिति (सेन्सर बोर्ड)को अध्यक्षले तोकेको जुनसुकै व्यक्तिले पनि गर्न सक्ने विधेयकको मस्यौदामा उल्लेख छ। टेलि-चलचित्रका सम्बन्धमा सम्बन्धित टेलिभिजनलाई नै न्यूनतम मापदण्ड दिएर सेन्सर गर्ने अधिकार दिन सक्ने प्रावधान छ।

हलमा चलचित्र प्रदर्शन सुरु गर्नुअघि अनिवार्य रुपमा नेपालको राष्ट्रिय ज्ञान बजाउनुपर्ने व्यवस्था समेत विधेयकको मस्यौदामा उल्लेख छ। यसैगरी सुरु हुनुअघि तथा मध्यान्तरमा सन्देशमूलक वा शिक्षामूलक श्रव्यदृष्य सामग्री प्रदर्शन गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

यसैगरी स्वदेशी चलचित्र प्रदर्शनसम्बन्धी विशेष व्यवस्था गर्दै हरेक फिल्म हलले फिल्म प्रदर्शन गर्दा स्वदेशीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था उल्लेख गरेको छ। स्वदेशी चलचित्रको विकास विस्तार र प्रवर्द्धनका लागि सरकारले तोकेबमोजिमका दिनमा चाँहि नेपाली फिल्म अनिवार्य रुपमा प्रदर्शन गर्नुपर्ने छ।




थप समाचार


गुरुङ चलचित्र "फिच्याे" को सुटिङ लमजुङको "तमु गाउँमा"

गुरुङ चलचित्र

तमुगाउँ, लमजुङ - समुन्द्री सतह बाट १७०० मिटर माथि अवस्थित लमजुङको सुन्दर ठाउँ 'क्ल्हो सोथर गाऊँपालिकाको "तमु गाउँ" मा अहिले गुरुङ संस्कार र संस्कृतिमा आधारित ...

विनोद पौडेल निर्देशित फिल्म 'बुलबुल' 'ओस्कर'का लागि सिफारिस

विनोद पौडेल निर्देशित फिल्म 'बुलबुल' 'ओस्कर'का लागि सिफारिस

काठमाडौँ - 'अस्कर'मा नेपालबाट अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धी बन्न नेपाली कथानक चलचित्र ‘बुलबुल’लाई सिफारिस गरिएको छ । विनोद पौडेलले निर्देशन गरेको चलचित्रलाई समितिको बुधबार ...

यसपालिको दशैंमा चलचित्र 'घनचक्कर' लाग्ने, असोज १७ गते देशैभरिको हलमा

यसपालिको दशैंमा चलचित्र 'घनचक्कर' लाग्ने, असोज १७ गते देशैभरिको हलमा

काठमाडौँ - यसपालिको दशैंमा चलचित्र 'घनचक्कर' रिलिज हुने भएको छ । असोज १७ गते यानेकि फूलपातीको अघिल्लो दिन देशै भरिको हलहलमा सौगातको लिड रहेको चलचित्र ...





ट्रेन्डिङ


वामदेव गौतम कास्की-२ बाट यसकारण चुनाव नलड्ने

काठमाडौं - नेकपा नेता वामदेव गौतमले मंसिर १४ मा हुने उपनिर्वाचनमा कास्की २ बाट नउठ्ने घोषणा गरेका छन्। गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकमा स्वर्गीय

विद्यार्थीसँग असुलेको बढी शुल्क ३० दिनभित्र फिर्ता गर्न चितवन मेडिकल कलेज तयार

चितवन - चितवन मेडिकल कलेजले विद्यार्थीसँग असुलेको बढी शुुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता जनाएको छ । जिल्ला प्रशासनको रोहबरमा शनिबार विद्यार्थी र अभिभावकसँग भएको छलफलमा

अकुत सम्पत्ति जोड्ने २० ‘हाइप्रोफाइल’ छानविनमा, अख्तियारका पूर्वप्रमुखसँग एक अर्बभन्दा बढी सम्पत्ति

काठमाडौँ - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति रहेको भन्दै अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वआयुक्त राजनारायण पाठकमाथि पनि छानबिन गरिरहेको छ । बस्न्यातसँग अर्बभन्दा

आफ्नै पार्टीका सांसदसँग यसकारण रुष्ट छन् ओली

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आफ्नै पार्टीका सांसदसँग गुनासो पोखेका छन् । सांसदहरू सरकारको बचाउमा नदेखिएको र

गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा जर्मन कम्पनी म्युनिखलाई दिने तयारी

काठमाडौं - भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिखलाई दिने तयारी गरिएको छ। रूपन्देहीको भैरहवामा निर्माण भइरहेको यो विमानस्थल आगामी डिसेम्बरभित्रै निर्माण

देशका मध्य र पूर्वी भागमा अझै वर्षाको सम्भावना

काठमाडौँ - नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा

मर्जको प्रकृयामा सहकारी तेजस्वी र मातृभूमि  मर्ज हुँदै

दिवाकर पोख्रेलदेउखुरी, असोज। उदेश्य मिल्ने सहकारीको मर्जको नीति सरकारले अघि सारेसंगै सहकारी संस्थाहरु मर्जको प्रकृया शुरु हुन थालेको छ । सहकारी संस्था

म्याग्दीको कोटखोलामा बाढीले ५ घर बगायो, दुई बालिका बेपत्ता

म्याग्दी - म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १० बर्षिया शर्मिला परियार र

'सी जिनपिङ विचारधारा विश्व व्यवस्थाको नयाँ ढोका’ : घनश्याम भुसाल

काठमाडौँ - नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले सी जिनपिङ विचारधारा र बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)ले विश्व व्यवस्थाको नयाँ ढोका खोल्न सक्ने दाबी गरेका छन्