कोशी राजमार्गको धनकुटा खण्डमा तीन दर्जनभन्दा बढी पहिरो

2019-07-28

धनकुटा - लगातारको वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धनकुटा खण्डमा जताततै पहिरो खसेको छ । सो खण्डअन्तर्गत फेदीदेखि धनकुटा बसपार्कसम्मको करिब २५ किलोमिटर क्षेत्रभित्र ठूला–साना गरी तीन दर्जनभन्दा बढी पहिरो खसेको छ । गर्जवा, लावरबोटे, गुठीटारलगायतका स्थानमा पहिरोको असर बढी देखिएको छ । पुरै पहिरो हटाउन नसकिएकाले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

सडक क्षेत्रका कतिपय स्थानमा अहिले पनि ढुंगा खस्ने क्रम नरोकिएकाले सडकमा जोखिमसमेत कम हुन नसकेको सवारीचालकहरु बताउँछन् । कतिपय स्थानमा भीर नै खसेको छ भने कतिपय स्थानमा नयाँ खोलिएका सडकका कारण पहिरो गएको छ । पहिरो र भूक्षयकै कारण ग्रामीण क्षेत्रका अधिकांश सडकसमेत बन्द छन् । कोशी राजमार्गबाट धनकुटाका विभिन्न स्थान जोड्ने तथा गाउँगाउँबाट गाउँपालिका जोड्ने अधिकांश सडक बन्द रहेका छन् । उता, पहिरोले पाँचथरको फालेलुङका किसानले लगाएको अलैंची बगान बगाएको छ । केही दिन यता परेको अविरल वर्षाका कारण झरेको पहिरोले अलैंची बगान बगाएपछि किसान चिन्तित भएका छन् ।

एक सय रोपनीभन्दा बढी अलैँची बगान पहिरोले बगाएको फालेलुङ–१ का घनश्याम सुवेदीले बताए । यस्तै फालेलुङ–७ का केही घरसमेत पहिरोको जोखिममा परेका छन् । जतासुकै खनिएका नयाँ सडकका कारण झरेको पहिरोले अलैँची बगान मात्रै नभएर भर्खरै रोपिएको धानवालीसमेत बगाएको छ । मुख्य सडक फिदिम फालोटको सडकको ठाउँठाउँमा झरेको पहिरोले अहिले सवारी साधन ठप्प छन् । भित्री सडकसमेत अवरुद्ध भएका छन् । गाउँपालिकाका अध्यक्ष सञ्चबहादुर केरुङले कार्यपालिकाको बैठक बोलाएर क्षतिको विवरण संकलन गर्ने र किसानलाई सहयोग गर्नेबारे छलफल गरिने बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ