नेपालले कुवेतलाई ७ विकेटले हरायो, पारसको सानदार ब्याटिंग

2019-07-27

काठमाडौं - आइसिसी टी २० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगितामा कुवेतलाई नेपालले ७ विकेटले पराजित गरेको छ।

१४२ रनको लक्ष्य दिएको कुवेतलाई नेपालले ३ विकेटको क्षतिमा १५.५ ओभरमा आफ्नो लक्ष्य पूरा गरेको हो।

४२ बलमा कप्तान पारस खड्काले ६८ रनको योगदान दिएका थिए। उनले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गरे। १३ बलमा २ चौका, १ छक्का प्रहार गरी ज्ञानेन्द्र मल्ल आउट भएका थिए। शरद भेषावकरले ३० बलमा नटआउट ३८ रन जोडे।

यसअघि, निर्धारित २० ओभरको खेलमा कुवेतले ९ विकेट गुमाएर १४१ रन बनाएको थियो।

सिंगापुरको इण्डियन एसोसिएसन ग्राउण्डमा जारी खेलमा टस हारेर कुवेतले व्याटिङ पाएको थियो।

मोहम्मद कासिफले ४९, आन्दन इन्द्रासले २५, मोहम्मद इस्लामले २३ ,राजिभा सान्दारवानले १५ र विलाल ताहिरले १३ रन जोडका थिए। स्पिनर सन्दीप लामिछाने र वसन्त रेग्मीले ३/३ विकेट लिएका थिए। करण केसीले २ विकेट लिए भने अभिनास वोहराले कुवेतको १ विकेट हात पारेका थिए।

नेपालले अब सिंगापुरसँग खेल्नेछ। नेपालले भोलिको खेल जितेमा युएईमा हुने विश्वकप ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ। नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। तालिकाको शीर्ष स्थानमा रहेको सिंगापुरको ५ अंक छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ