अंक बढाएर टपर बनेका कोइराला र भट्टराईको ट्रान्सक्रिप्ट त्रिविले खारेज गरिदियो

2019-07-27

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर अंक थप गरिएका प्रमाणपत्र रद्द भएका छन् । अधिवक्ता सुरेन्द्रप्रसाद कोइराला र बानेश्वर क्याम्पसका केदार भट्टराईको प्रमाणपत्र त्रिविले रद्द गरेको हो । कानुनविपरीत अंक थप गरी ट्रान्सक्रिप्ट जारी गरेको प्रमाणित भएपछि कोइरालाको तीन र भट्टराईको एउटा ट्रान्सक्रिप्ट रद्द गरिएको त्रिभुवन विश्वविद्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीले बताए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरिसकेको छ ।

कोइरालाले त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा त्रिचन्द्र बहुमुखी क्याम्पसमा समाजशास्त्र तथा पाटन संयुक्त क्याम्पसमा ग्रामीण विकास र अर्थशास्त्र विषयमा भर्ना भएर नम्बर थप गर्न लगाई ट्रान्सक्रिप्ट लिएका थिए । त्यसैगरी केदार भट्टराई पाटन संयुक्त क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत अर्थशास्त्र विषय अध्ययनका लागि भर्ना भएर नम्बर थप गर्न लगाई प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए ।

कोइराला र भट्टराईले परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी रामबहादुर कर्माचार्यलाई प्रलोभनमा पारी माक्र्स लेजरमा अंक थप गर्न लगाएका थिए । पनिकाले गठन गरेको छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनले अंक थप गरेको पुष्टि भएपछि त्रिविको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियमअनुसार परीक्षा सञ्चालक समितिको बैठकले ट्रान्सक्रिप्ट रद्द गरेको हो ।

पनिकाबाट जारी भएको कोइरालाको इस्यु नम्बर ६४०१३६०३, ६४०५३९११, ६४०४८८१९ का तीन ट्रान्सक्रिप्ट र भट्टराईको इस्यु नम्बर ६४०४८८२० को ट्रान्सक्रिप्ट रद्द गरिएको हो ।
अख्तियारले तीनैजनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । तर, हाल उनीहरू धरौटीमा छुटेका छन् । गोल्ड मेडलिस्ट बन्ने रहरले कोइरालाले नम्बर थप्न लगाएका थिए । यसका लागि उनले एक लाख रुपैयाँ तिरेका थिए ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ