नेपालका ४ वटा बैंकहरु ‘एशिया मनि अवार्ड’ बाट पुरस्कृत

2019-07-26

काठमाडौं - नेपालका ४ वटा वाणिज्य बैंकहरु ‘एशिया मनि अवार्ड’ बाट पुरस्कृत भएका छन् । युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ ले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ । १२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा विभिन्न सात विधामा नेपालका ४ वटा वाणिज्य बैंकहरुले अवार्ड जितेका हुन् ।

विश्वभरका करिब २ हजार बैंकहरु यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । हरेक देशलाई छुट्टाछुट्टै यो अवार्ड प्रदान गरिन्छ । यसमा नेपाली बैंकहरुलाई पहिलोचोटी समेटिएको हो ।

यूरो मनिले ‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई प्रदान गरेको छ । नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंकको रुपमा रहेको नविलले बेस्ट डिजिटल बैंक अवार्डसमेत प्राप्त गरेको बैंकका सीईओ अनिलकेशरी साहले जानकारी दिए । अबार्ड बितरण समारोहमा भने नेपालका बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको थिएन ।

मेगा बैंकले पनि दुई विधामा अवार्ड जितेको छ । मेगाले ‘बेस्ट बैंक अफ माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल टू मिडियम इन्टरप्राइजेज’ अवार्ड जित्न सफल भएको हो ।

यसैगरी स्टाण्डर्ड चार्टड बैंकले ‘बेस्ट इन्टरनेसनल बैंक’ अवार्ड जित्न सफल भएको छ । ‘बेस्ट कर्पोरेट एण्ड इन्भेस्टमेन्ट बैंक अवार्ड’ नेपाल इन्भेस्टमेन्ट बैंकले जितेको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि ‘बेस्ट सीएसआर बैंक अवार्ड’ जित्न सफल भएको छ । यो बैंकलाई सामाजिक उत्तरदायित्व राम्रोसँग निभाएको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ