टी-२० विश्वकप छनोट : सिंगापुरको जितले नेपाललाई फाइदा !

2019-07-26

काठमाडौं – टी-२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा शुक्रबार कुवेतले कतारलाई १० रनले साथै सिंगापुरले मलेसियालाई ८ विकेटले हराएको छन् । यो नतिजाले नेपाललाई फाइदा हुने देखिएको छ ।

अंक तालिकामा दुई खेल जितेको र एक बराबरी भएको सिंगापुर पाँच अंकसहित शीर्ष स्थानमा छ । तीन खेलमा एक जित, एक हार र एक बराबरी भएको कुवेत तीन अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको नेपाल एक जित र एक हारसहित दुई अंक बनाउँदै तेस्रो स्थानमा छ ।

मलेसिया र कतारको पनि दुई अंक नै रहेपनि नेट रन रेटका आधारमा उनीहरु पछि छन् । मलेसिया र कतारले नेपालले भन्दा एक खेल बढी खेलेका छन् । यसैले अगाडि बढ्ने उनीहरुको सम्भावना सकिएको छ ।

प्रतियोगितामा कमजोर देखिएको कतारसँग पहिलो खेलमा नै नेपाल पराजित हुनुले अन्यौलमा पुगेको विश्वकप यात्रामा अब सम्भावना बढेको छ । नेपालभन्दा अघि रहेका दुवै टिम कुवेत र सिंगापुरसँग नेपालले खेल्नै बाँकी छ ।

अब शनिबार नेपालले कुवेतसँग र मलेसियाले कतारसँग खेल्नेछन् । अन्तिम खेल आइतबार सिंगापुर र नेपालबीच हुनेछ । यसअर्थमा आउने दुवै खेल नेपालले जितेमा आउँदो अक्टोवर ११ देखि युएईमा हुने टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ ।

नेपाल पहिलो खेलमा कतारसँग चार विकेटले पराजित भएको थियो । वर्षाले प्रभावित भएर नौ ओभरमा झारिएको दोस्रो खेलमा भने नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

कप्तान पारस फर्किए

कतारसँगको पहिलो खेलमा चोटका कारण फिल्डिङका बेला मैदानमा नआएका कप्तान पारस खड्काले मलेसियासँगको खेल गुमाएका थिए ।

ढाँडमा लागेको चोटका कारण मलेसियासँग नखेलेका पारस शनिबार कुवेतसँगको खेलमा खेल्ने भएका छन् । उनी शुक्रबारको प्रशिक्षणमा पनि उपस्थित छन् ।

कुवेतसँगको खेल नेपाली समय अनुसार शनिबार बिहान ७ः१५ मा सुरु हुनेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ