सरकारलाई पत्र पठाउँदै आयोगले सोध्यो ; निर्मला हत्या सम्बन्धी २४ बुँदे निर्देशनको कार्यान्वयन के भयो ?

2019-07-26

काठमाडौं - राष्ट्रिष्य मानव अधिकार आयोगले निर्मला पन्तको हत्या प्रकरणका बारेमा सरकारलाई दिएको २४ बुँदे निर्देशन कार्यान्वन भए/नभएको बारे तत्काल जानकारी गराउन भन्दै सरकारलाई पत्र लेखेको छ।

आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलद्वारा हस्ताक्षरित पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई पत्र लेख्दै आयोगले आफूले दिएको निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी माग गरेको हो।

घटनाको सम्बन्धमा प्रहरीद्वारा गरिएको अनुसन्धानको प्रभावकारिताबारे आयोगले गत माघ १३ गते सरकारलाई ४ बुँदे निर्देशन र २४ बुँदे सिफारिस दिएको थियो। उक्त सिफारिस कार्यान्वयन गरी ३ महिनाभित्र त्यसको जानकारी पठाउन निर्देशन दिइएको भए पनि अहिलेसम्म कुनै जानकारी नआएको आयोगको पत्रमा उल्लेख छ। जतिसक्दो छिटो जानकारी पठाउन आयोगले अनुरोध गरेको छ।

आयोगले त्यसबेला सरकारलाई घटनाको अनुसन्धानको लागि छुट्टै अपराध अनुसन्धान विभाग गठन गरिनुपर्ने, दक्ष जनशक्ति र पर्याप्त स्रोत साधन उपलब्ध हुनुपर्ने, सिसिटिभी जडान गरिनुपर्ने, केन्द्रीयस्तरमा गुनासो सुन्ने संयन्त्रको विकास हुनुपर्ने लगायतका २४ बुँदे निर्देशन दिएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ