विवाह गरेको दुई महिनामै श्रीमान बिरुद्ध करणी मुद्दा

2019-07-26

धरान - दुई महिना अगाडी टेम्के मैयुङ गाउँपालिका भोजपुरकी १७ वर्षीया सुनिता थापासँग प्रेम विवाह गरेका सुनसरी धरान उपमहानगरपालिका-६ का २१ वर्षीय युवराज कार्की आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

सुनिता बिहीबार श्रीमान कार्कीले जबरजस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी दिएपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको हो।

सुनिताको जाहेरी दर्ता गरी इलाका प्रहरी कार्यालय धरानले उनका श्रीमानलाई पक्राउ गरी जबरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दर्ता गरेको हो।

प्रहरीले सुनिताको वीपी कोइराला स्वास्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरेको छ। सुनिता र युवराजले गत वैशाख २७ गते मागी विवाह गरेको स्थानीय आनन्द सुवेदीले बताए।

सुनिताले युवराजले घरमा भित्राइएदेखि नै आफूविरुद्ध कुटपिट गरी जबरजस्ती करणी गरेको भन्दै स्थानीय महिलाको सहयोगमा इलाका प्रहरी कार्यालय धरानमा जबरजस्ती करणी गरेको किटानी जाहेरी दिएकी हुन्।

श्रीमानविरुद्ध मुद्धा दर्ता गरेकी उनी हाल आफन्तकोमा बस्दै आएकी छन्।इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले युवराजविरुद्धको जाहेरी दर्ता गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको बताए।

युवराजले श्रीमतीसँगको सामान्य झगडा भएको बताउँदै स्थानीय महिलाको उक्साहटमा लागेर आफूविरुद्ध मुद्धा हाली फसाइएको गुनासो गरे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ