रानी मुखर्जीको पहिरनले तातियो सामाजिक सञ्जाल : ४५ हजारको टिसर्ट, डेढलाखको ब्याग !

2019-07-26

मुम्बइ - बलिउड अभिनेत्री रानी मुखर्जी पछिल्लो साता आफ्नो महंगो टिसर्टका कारण सामाजिक सञ्जालमा चर्चित भएकी छन् ।

सामान्य टिसर्ट, पाइजामा र जुत्ता पहिरिएर एयरपोर्टमा झुल्किएकी रानीको उक्त पहिरनको तस्बिर समेत भाइरल बनाइएको छ । अनौठो त के भने, उनले लगाएको गुस्सी कम्पनीको टिसर्टको मुल्य ४५ हजार थियो ।

उनको शरीरमा देखिएका टिसर्ट, पाइजामा, जुत्तासहित सबै पहिरनको जम्मा मुल्य भने ४ लाख रहेको बताइएको छ । यही कारण उनको चर्चा भएको हो ।

यतिसम्म कि, टिसर्टको मात्रै मुल्य ४४ हजार ७ सय २३ परेको बताइन्छ । पाइजामाको झण्डै डेढलाख र जुत्ताको मुल्य ६१ हजार भन्दा बढी हो । यस्तै रानीले डेढलाख भन्दा धेरै मुल्यको ब्याग बोकेकी थिइन् । पछिल्लो समय रानी फिल्म हिचकीमा अभिनउ गरेकी छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ