गौतमबुद्ध रंगशाला निर्माणका लागि ५५ लाख सहयोग

2019-07-26

चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धमाधम आर्थिक सहायता जुट्न थालेको छ । उद्योग वाणिज्य संघ चितवन शाखाले बिहीबार ५५ लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेको छ । बुधबार पनि २४ लाखभन्दा बढी रकम संकलन भएको थियो ।

संघका अध्यक्ष सहनलाल प्रधानले बिहीबार फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पु-याउने जानकारी दिए । यसअघि नै संघले एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । सोही अवसरमा जिल्ला क्रिकेट एसोसिएसनका अध्यक्ष कैलाश प्रधानले पनि दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँको चेक अध्यक्ष कट्टेललाई हस्तान्तरण गरे ।

रंगशालाका लागि आवश्यक पर्ने सम्पूर्ण सेनेटरीका सामान यहाँको थपलिया ब्रदर्स एन्ड सप्लायर्सले सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । सप्लायर्सका सञ्चालक दिनेश थपलियाले सेनेटरी सामग्रीको क्याटलक कट्टेललाई हस्तान्तरण गरे । सहयोग रकम बुझ्दै अध्यक्ष कट्टेलले जिल्लावासीबाट सहयोग जुट्ने क्रम बढ्न थालेकाले आफू उत्साहित भएको बताए ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र रंगशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका स्थानीय तहमा सहयोग समिति बन्ने क्रम सुरु भएकाले सबैलाई साथ र सहयोगमा जुट्न अनुरोध गरे । १५ जेठमा स्थानीयवासीले बाटोको विवादलाई लिएर अस्थायी बार भत्काएपछि निर्माणको काम रोकिएको थियो । दुई दिनअघि काम सुरु भएसँगै सहयोग रकम जुट्न थालेको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ