संचारमन्त्री भन्छन : भारतीय गुप्तचर प्रमुख नेपाल आएको थाहा छैन, यस्ता कुराका पछाडी नलाग्नुस'

2019-07-25

काठमाडौं - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर ‘रअ’ प्रमुख आएको बारे थाहा नभएको बताएका छन्।

गत आइतबार भारतीय गुप्तचर निकाय रअका प्रमुख समान्त गोयल नेपाल भ्रमणमा आएका थिए। उनले पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेको समाचारहरु आएका थिए। कूटनीतिक आचारसंहिता विपरीत जासुसी निकायका प्रमुखसँग भेटेको भन्दै नेताहरुको आलोचना भइरहेको अवस्थामा सरकारका प्रवक्ताले नै यसबारे अनभिज्ञता जनाएका हुन्।

‘भारतीय गुप्चर आएको हामीलाई थाहा छैन,’ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने भने, ‘आएको, भेटेको हो भने पनि कूटनीतिक प्रचलन अनुसारै हुन्छ। प्रधानमन्त्रीले भेटेजस्तो लाग्दैन। अरु राजनीतिक नेताहरुले भेटेको पनि थाहा छैन।’

उनले मुलधारका मिडिया यस्ता ‘कुइरीमण्डल’मा अल्झिनु नहुने बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ