चैतसम्ममा खर्चको आधार तयार नगरे विनियोजित बजेट खिचिने

2019-07-25

काठमाडौं - चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट खर्च गर्ने आधार आउँदो चैत १५ गतेभित्र तयार नहुने निकायको पैसा अर्थ मन्त्रालयले फिर्ता लिने भएको छ।

अर्थले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजना २०७६/०७७ अनुसार चैत मध्यसम्ममा खर्चको आधार तयार नगर्ने कार्यालयका लागि विनियोजित बजेट अर्थले नदिने भएको हो।

विगतमा पनि अर्थ मन्त्रालयले फागुन मसान्तसम्ममा खर्चको आधार तयार नभएको बजेट सरेन्डर गर्ने नीति अघि सारेको थियो। तर, सम्बन्धित मन्त्रालयको असहयोगका कारण अर्थले आफ्नो निर्णय कार्यान्वयन गराउन सकेको थिएन।

'यसपटक हामी प्रभावकारी रूपमा कार्ययोजना कार्यान्वयन गर्छौं र खर्च नभएको पैसा खिच्छौं,' अर्थ स्रोतले भन्यो।

विनियोजित बजेट खर्च गर्न नसक्ने तर पैसा राखिरहने प्रवृत्ति निरूत्साहित गर्न चैत १५ सम्म पनि खर्चको आधार तयार नभएका आयोजना, कार्यक्रम तथा निकायबाट पैसा खिच्न लागिएको हो।

अर्थ मन्त्रालयले प्रधानमन्त्रीलाई कार्ययोजनाबारे ब्रिफिङ गरेपछि कार्यान्वयनको तयारी गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ