पार्टी एकताका लागि प्रधानमन्त्री पदको प्रस्ताव अस्विकार गरे : प्रचण्ड

2019-07-24

काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुन नदिन आफूलाई प्रधानमन्त्री पदको प्रस्ताव आएको बताएका छन् । ४१औँ पुष्पलाल स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रचण्डले सरकार र पार्टी दुवै विगतका कमीकमजोरी सच्याउन तयार रहेको बताए ।

‘प्रतिक्रियावादीले पार्टी एकता हुन नदिन मलाई प्रधानमन्त्री पदसमेत अफर गरे,’ प्रचण्डले भने, ‘तर, त्यसलाई सफल हुन नदिई सबै षड्यन्त्र परास्त गरेर आएको हुँ ।’ पार्टीलाई सुदृढ बनाएर विरोधीको षड्यन्त्रलाई परास्त गर्न नेता–कार्यकर्तालाई आफूभित्रको कमीकमजोरी सच्याउनुपर्ने उनले बताए । पुष्पलाल श्रेष्ठले देखेको सपना पूरा गर्न सरकार र पार्टी दुवैले कमजोरी सच्याउँदै जानुपर्ने उनको भनाइ थियो ।

उनले पार्टी एकताको बाँकी सबै काम साउनभित्र सम्पन्न गरेर जनतासँगको सम्बन्धलाई सुदृढ बनाउने गरी पार्टीले राष्ट्रिय अभियान चलाउने पनि बताए । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालले पनि जनताको अपेक्षाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका वरिष्ठ नेता नेपालले सरकारको काम–कारबाहीलाई पार्टीले प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पुष्पलाल श्रेष्ठको सालिकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, नेता खनालसहितले माल्यार्पण गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ