गुल्मीमा पहिरो : ६ जनाको मृत्यु, २ बेपत्ता, २ घाइते

2019-07-23

गुल्मी - सोमबारदेखि परेको अबिरल बर्षाका कारण गुल्मीको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

राति घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू , उनका १० बर्षिय छोरा दर्शन त्रामुको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् । स्थानियका अनुसार उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन्।

यता, सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ४ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। शबको पहिचान हुन सकेको छैन।

चार घरमा कति जना थिए र अन्यको अबस्थाको बारेमा नखुलेको ढकालले बताए।

यस्तै, सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाउँदा रुद्धबहादुर बिक र उनकी आमा घरमा भएको आशंका गरिएको छ। उनीहरु बेपता रहेको स्थानीयहरुले बताएका छन् ।

अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यस तर्फ पुग्न सकेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ