तिन दिनको मौसम पूर्वानुमान : पुर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा, पहिरो र बाढीसंग सतर्क रहन आग्रह

2019-07-22

काठमाडौं - आगामी बुधबारसम्म देशका पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ३ दिनको मौसमी विवरण सार्वजनिक गर्दै महाशाखाले पश्चिमका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ। बुधबार भने देशका अधिकांश स्थानमा वर्षा हुने विवरणमा जनाइएको छ।

मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर रहेको जनाउँदै महाशाखाले बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्फयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्व तथा मध्यका अधिकांश साथै पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्यका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। पश्चिमी भू-भागमा आंसिकदेखि सामान्य बदली भई १/२ स्थानहरुमा वर्षा भइरहेको छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः

सोमबार
दिउँसो: देशको पूर्वी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू-भागमा आंसिकदेखि सामान्य बदली रही पूर्वका र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ। पूर्व तथा मध्यका थोरै साथै पश्चिमका एक/दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।

राति: देशको पूर्वी र मध्य भू-भागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भू-भागमा आंसिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केही स्थानहरूमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ।

मंगलबार
दिउँसो: देशको पूर्वी र मध्य भू-भागमा पूर्ण बदली साथै पश्चिमी भू-भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

राति: देशको पूर्वी र मध्य भागमा सामान्य बदलीदेखि पूर्ण बदली साथै पश्चिमी भू-भागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र मध्यका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

बुधबार
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केही स्थानहरुमा भारी वर्षा साथै एक/दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

राति: देशभर सामान्य बदलीदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशको पूर्व र पश्चिमका केही स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ। पूर्व र पश्चिमका एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घन्टामा भारी वर्षा हुनसक्ने क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।

देशका पूर्व तथा मध्य भागमा साथै पश्चिमका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ