नेकपाले टुंग्यायो जिल्लाका इन्चार्ज र सहइन्चार्ज, विभाग र आयोगको नेतृत्व भने टुंगो लाग्न सकेन

2019-07-21

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले भुगोलका ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको हो।

नाम भने आजै बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

आजैको बैठकबाट पार्टीको विभाग र आयोगको नेतृत्व पनि टुंगो लगाउने अपेक्षा गरिए पनि त्यसबारे निर्णय हुन सकेन।

अर्को बैठक मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने छ। 'त्यस बैठकले पार्टीको विभागहरु, आयोगहरु, केन्द्रीय निकायहरु, प्रवास संगठनहरुको एकीकरणको टुंगो लगाउने छ', पार्टी प्रवक्ता श्रेष्ठले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ