विभागीय नेतृत्व टुंग्याउन नेकपाकाे सचिवालय बैठक आज

2019-07-21

काठमाडौँ - विभाग संख्या दुई समूहबीच भागबन्डा गरे पनि जिम्मेवारी कसलाई दिने भन्ने विषय सत्तारुढ नेकपाले टुंग्याइसकेको छैन । विभागीय जिम्मेवारी टुंग्याउनकै लागि नेकपाको सचिवालय बैठक आइतबार (आज) बस्दै छ । दिउँसो १ बजे बालुवाटरमा बस्ने सचिवालय बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज सहइन्चार्ज, केन्द्रीय आयोग प्रमुख उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्वको विषय एजेन्डा बनाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, केन्द्रीय आयोगको नेतृत्वको विषयबाहेक अरू एजेन्डामा बैठक प्रवेश गर्न नसक्ने बताए । पार्टीमा कसले कुन विभाग,आयोग र इन्चार्जको नेतृत्व पाउनेमा विवाद भएकाले अन्य विषयमा प्रवेश हुन कठिन हुने खनालको दाबी छ ।

धेरैजसो विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागिसकेको छ । यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ । ज्येष्ठ कम्युनिस्ट मञ्च माओवादी र सल्लाहकार परिषद्मा पूर्वएमालेले लिने गरी १२१/१२१ सदस्य हुने गरी भागबन्डा गरिसकिएको छ । तीन आयोगमा दुई पूर्वएमाले एक आयोग माओवादीको परेको छ ।

यी नेताको जिम्मेवारी टुंगियो
पार्टीको विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा झलनाथ खनाल र अर्थ विभाग प्रमुख सुरेन्द्र पाण्डे हुने गरी टुंगिएको छ । सल्लाहकार परिषद्का अध्यक्षमा पूर्वएमालेबाट केशव बडालले जिम्मेवारी पाएका छन् । ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा पूर्वमाओवादीबाट नन्दप्रसाद प्रसाईंले पाएका छन् । लेखा परीक्षण आयोगमा डा.पुष्प कँडेल र अनुशासन आयोगमा अमृत बोहरालाई दिने आन्तरिक सहमति छ । यस्तै, पूर्वमाओवादीको भागमा परेको निर्वाचन आयोगको जिम्मा अमिक शेरचनले लिने भएका छन् ।

स्कुल विभागमा श्रेष्ठ र पोखरेलको दाबी कायमै

स्कुल विभागमा दुई नेताको दाबी रहिरहे सचिवालयमा निर्णय गर्न कठिन हुने झलनाथ खनालको भनाइ
नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सुरुदेखि नै स्कुल विभागमा दाबी गर्दै आएका छन् । वैचारिक नेताका रूपमा चिनिने श्रेष्ठले स्कुल विभाग प्रमुख छोड्न नमानेपछि तत्कालीन एमाले–माओवादीबाटै भागबन्डा टुंगो लाग्न नसकेको हो ।

संगठन विभागमा दाबी गर्दै आएका ईश्वर पोखरेलले सो विभागको जिम्मा वामदेव गौतमले लिने सहमति भएपछि स्कुल विभागका आकांक्षी देखिएका छन् । दुई नेताबीच स्कुल विभाग कसले लिने भन्ने विषय पार्टीमा कठिन मुद्दा बन्न सक्ने नेता झलनाथ खनालले बताए । केही नेताले स्कुल विभाग दुई अध्यक्षले नै राख्नुपर्ने अडान राखेका छन् । खनालले स्कुल विभाग प्रमुखको आइतबार बस्ने सचिवालय बैठकमा निर्णय हुने बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ