'ग्रामिण स्वावलम्बन कोष' साना किसान लघुवित्तलाई हस्तान्तरण

2019-07-19

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सञ्चालन गर्दै आएको ग्रामिण स्वावलम्बन कोष काठमाडौंको तिनकुनेस्थित साना किसान लघुवित्त वित्तीय संस्थालाई हस्तान्तरण गरेको छ । यससँगै राष्ट्र बैंकको लघुवित्त प्रवर्द्धन तथा सुपरिवेक्षण विभाग ग्रामिण स्वावलम्बन कोषको नामबाट राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता साना किसान लघुवित्तको नामबाट सञ्चालन हुने भएको छ । कोषबाट प्रवाह भएको कर्जाको शर्त, सुविधा, सहुलियत, भुक्तानी भाखा र अन्य ब्यवस्थाहरु कोष नियमावली अनुसार नै हुनेछ ।

सहकारी तथा गैरसरकारी संस्थाहरु मार्फत ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका विपन्न वर्गका जनतालाई आय एवं स्वरोजगारमूलक कर्जा कार्यक्रममा सहयोग पुर्याउनका लागि २०४७ फागुन १७ गते मन्त्रीपरिषद्को निर्णयबाट कोष स्थापना गरिएको थियो । कोषबाट सरकार, नेपाल राष्ट्र बैंकलगायत अन्य दातृ राष्ट्र वा संस्थाहरुबाट प्राप्त बीज पूँजी एवं रकमको परिचालन हुँदै आएको थियो । दीर्घकालीन पूँजीको आवश्यकता पर्ने व्यवसायहरु चिया, अलैंची, कोल्डस्टोर आदिमा लगानी गर्न कृषि विकास बैंक र विपन्न वर्गमा कर्जा प्रवाह गर्नका लागि लघुवित्त सम्बन्धी कार्यहरु गर्ने ‘घ’ वर्गका इजाजतपत्र प्राप्त वित्तीय संस्थालाई थोक कर्जा उपलब्ध गराउने उद्देश्यले कोषको स्थापना गरिएको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषबाट गैरसरकारी संस्था, सहकारी संस्था र कृषि विकास बैंक गरी कुल १२ सय १७ संस्थालाई २ अर्ब ५० करोड रुपैयाँ ऋण प्रवाह भएको छ । कोषबाट ७२ जिल्लाका ६२ हजार ७४४ जना घरपरिवार लाभान्वित छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ