द्वन्द्वकालीन मुद्दामा जर्मनीको चासो

2019-07-19

काठमाडौँ - सशस्त्र द्वन्द्वका मुद्दा टुंग्याउन विलम्ब भइरहेका बेला जर्मनीले यसप्रति चासो देखाएको छ। नेपाल भ्रमणमा रहेका जर्मनीको परराष्ट्र मन्त्रालयका दक्षिण एशिया मामिलासम्बन्धी आयुक्त मार्कुस् पोटजेलले यसबारे चासो व्यक्त गरेका हुन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग भएको शिष्टाचार भेटमा उनले यसबारे चासो राख्दै ती मुद्दा शीघ्र टुङ्गिनेमा जर्मनी आश्वस्त रहेका बताएका थिए। भेटमा कानुन मन्त्री ढकालले द्वन्द्वकालीन सबै समस्या समाधान गर्न सरकारले आवश्यक कानून तर्जुमा गरेको र ती संसदीय प्रक्रियामा रहेको जानकारी पोटजेललाई गराएका थिए।

नेपालको दुई दिने भ्रमण पूरा गरी भारततर्फ प्रस्थान गर्नुअघि उनले जर्मनीको राजदूतावासमा बुधबार केही पत्रकारसँग कुराकानीमा पनि उनले त्यो सम्बन्धी कुरा उठाएका थिए।

त्यहाँ पनि उनले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नियुक्ति, आयोगका बाँकी न्याय सम्पादनका बाँकी कामले शीघ्र पूर्णता पाउनेमा जर्मनी आसावादी रहेको कुरा दोहोर्‍याएका थिए।

द्वन्द्वकालीन मुद्दामा सरकारले शीघ्र पूर्णता पाउनेमा जर्मनी आसावादी रहेको भन्नुका पछाडि ती काम चाँडै टुंग्याउन लबिङ गरेको बुझ्न सकिने यस मामिलाका जानकारको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ