तरकारीमा अस्वभाविक मूल्यवृद्धि देखिएपछि कालिमाटी र बल्खुमा वाणिज्यको छड्के

2019-07-19

काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फलफूल तथा तरकारी बजारमा अनुगमन गरेको छ। विभागले २ वटा टोली परिचालन गरेर शुक्रबार बिहान ४ बजेदेखि कालिमाटी र बल्खुको तरकारी बजारमा छड्के गरेको हो।

असार अन्तिम सातादेखिको अविरल वर्षा र बाढीपहिरोको कारण देखाउँदै व्यापारीहरुले तरकारीको मूल्यमा अस्वभाविक वृद्धि गरेको देखिएपछि विभागको टोलीले अनुगमन गरेको हो। विभिन्न स्थानबाट उपत्यकामा भित्रने तरकारी वर्षापछिको बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र माग अनुसार आपूर्ति नभएको भन्दै व्यापारीहरुले तरकारीको मूल्य बढाएका थिए।

कालिमाटी अनुगमनको नेतृत्व गरेका विभागका शाखा अधिकृत दीपकराज पोखरेलले अनुगमनका क्रममा अधिकांश व्यापारीहरुले खरिद तथा बिक्री बिलबिजक जारी नगरेको भेटिएको जानकारी दिए।

‘बजारमा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि देखिएपछि विभागले अनुगमन गरेको हो। व्यापारीहरुले बाढीपहिरोकै कारण उपत्यकामा मागअनुसार तरकारी नभित्रिएपछि मूल्य बढेको भनेका छन्। हामीले खरिद–बिक्रीको बिलबिजक माग्दा धेरै व्यापारीसँग बिलबिजक नै देखिएन। बिलबिजक बिनै कारोबार गर्दै आएका व्यापारीलाई हामीले जरिवाना गरेका छौं,’ पोखरेलले भने।

अनुगमनका क्रममा विभागले कालिमाटी बजार भित्रका ८ र बल्खु बजार भित्रका ११ जना व्यापारीलाई ५ हजार देखि २० हजारसम्म जरिवाना गरेको छ। व्यापारीहरुले बिलबिजक जारी गरेको देखाउन नसकेपछि उनीहरुलाई स्पष्टीकरणका लागि विभागमा पनि बोलाएको पोखरेलले जानकारी दिए।

उपभोक्ता अधिकारकर्मी तथा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सेनाले एउटै बजारभित्र एउटै वस्तुलाई पनि फरक फरक मूल्यमा बेच्ने गरेको भेटिएको बताए। ‘एउटै बजारभित्र पनि वल्लो पसल र पल्लो पसलमा एउटै वस्तुको मूल्यमा धेरै अन्तर देखियो। अधिकांश व्यापारीले बिलबिजक नै जारी गरेको देखिएन,’ तिमल्सेनाले भने।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ