डाक्टरले बिरामी जाँच गर्दा लाग्ने शुल्क बढाइदै

2019-07-17

काठमाडौँ - पाँच वर्षपछि चिकित्सक परामर्श शुल्क वृद्धि हुने भएको छ । डाक्टरले बिरामी हेर्दा लिने शुल्कमा ८५ देखि एक सय ६० रुपैयाँसम्म वृद्धि गर्न लागिएको शुल्क पुनरावलोकन समितिका संयोजक डा. विकास देवकोटाले जानकारी दिए । यससँगै पाँचवर्षे अनुभव भएका विशेषज्ञ डाक्टरले लिँदै आएको चार सय ७५ रुपैयाँ शुल्क बढेर ६ सय ३५ पुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात् गर्दै शुल्क बढाउन लागिएको जनाएको छ । पाँच वर्षदेखि चिकित्सक परामर्श शुल्क बढेको थिएन । डाक्टरको योग्यता र अनुभवअनुसार फरकफरक दरमा शुल्क बढ्नेछ । ‘दुई–दुई वर्षमा शुल्क बढाउने प्रावधान छ,’ डा. देवकोटाले भने, ‘तर, लामो समयदेखि पुनरावलोकन हुन सकेको थिएन । यस वर्ष बढाउने तयारी छ, तर अन्तिम निर्णय भने भएको छैन ।’

वृद्धि भएपछिको शुल्क
एमबिबिएस पास, तर पाँच वर्ष सेवा अनुभव नभएका - अहिले : रु. ३३५, पहिले : रु. २५०
एमबिबिएसपछि पाँच वर्षको अनुभव भएका - अहिले : रु. ३९०, पहिले : रु. ३००
एमबिबिएसपछि फेलोसिप गरेका - अहिले : रु. ५३५, पहिले : रु. ४००
पाँच वर्षभन्दा कम अनुभव भएका विशेषज्ञ - अहिले : रु. ५९०, पहिले : रु. ४५०
पाँच वर्षभन्दा बढी अनुभव भएको विशेषज्ञ - अहिले : रु. ६३५, पहिले : रु. ४७५




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ