नेकपामा एकताको सहमति : ६०/४० को अनुपातमा इन्चार्ज-सहइन्चार्ज, १८ र १४ विभाग

2019-07-17

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा सैद्धान्तिक सहमति भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको छलफलमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा सहमति जुटेको हो ।

पछिल्लो छलफलअनुसार पूर्वएमाले समूहले ३२ मध्ये १८ र पूर्वमाओवादी समूहले १४ विभाग लिने समझदारी भएको छ । त्यस्तै, ७७ जिल्लामध्ये पूर्वएमाले ६० र माओवादीले करिब ४० प्रतिशतमा इन्चार्ज लिने सहमति भएको उच्च स्रोतले जनाएको छ । भागबन्डामा परेका जिल्लाहरूमा साबिककै इन्चार्जहरूलाई सहइन्चार्ज र इन्चार्ज बनाउने समझदारी भए पनि ओली र प्रचण्डबीच व्यक्तिका नाममा भने छलफल जारी रहेको स्रोतले जनाएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीच एकीकरणका बाँकी प्रक्रिया प्याकेजमै टुंग्याउने गरी छलफल भइरहेको र ५ साउनमा बस्ने सचिवालय बैठकले सबै विषयमा निर्णय गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए । ‘अध्यक्षहरूको छलफलले जिल्ला इन्चार्जमा नीतिगत सहमति जुटाइसकेको छ, बाँकी विषयमा गृहकार्य जारी रहेकाले ५ साउनमा बस्ने बैठकले अन्तिम टुंगो लगाउँछ,’ श्रेष्ठले भने । सचिवालय बैठकलगत्तै स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाएर पार्टी पंक्तिलाई सरकारको काम प्रभावकारी बनाउन परिचालन गर्ने नेताहरूको समझदारी छ ।

नेकपामा ४ सय ४१ केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज, सहइन्चार्ज, केन्द्रीय विभाग, प्रतिष्ठान, प्रवास, मोर्चा संगठनमा जिम्मेवारी दिने गरी छलफल चलिरहेको छ । ५ साउनअगावै केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय आयोग, प्रवास कमिटी, केन्द्रीय सम्पर्क समन्वय कमिटी र विशेष प्रदेश कमिटीको एकीकरणमा पनि सहमति जुटाउने गरी ओली र प्रचण्डबीच छलफल केन्द्रित छ । दुई अध्यक्षबीचको सहमतिपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि सहमति जुटाइने स्रोतले जनाएको छ । अध्यक्ष ओली र प्रचण्डबीच आइतबारयता लगातार छलफल हुँदै आएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ