धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित )

2019-07-16

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६।७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बोर्डले आ.ब. २०७४।७५ देखि प्रत्येक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ । यस्तो छ, बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रमः

१. नेपालको आर्थिक स्थिति
आव २०७५।७६ मा वाह्य क्षेत्र बाहेक नेपालको समग्र आर्थिक स्थितिमा सुधारका संकेतहरु देखा परेका छन् । पछिल्लो समय आपूर्ति प्रणालीमा आएको सुधार, उर्जा उपलब्धता एवं व्यापार क्षेत्रको विस्तार, निर्माण कार्यले गति लिन थालेको, स्थिर सरकार लगायतका कारण देशको आर्थिक स्थितिमा सुधार देखिएको हो । यथार्थ क्षेत्रको सन्दर्भमा चालु बर्षमा नेपालको जिडिपी ६.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ र मुद्रास्फीति वान्छित सीमाभित्र रहेको छ । मौद्रिक तथा वित्तीय क्षेत्रमा आव २०७५।७६ को प्रथम आठ महिनामा विस्तृत मुद्राप्रदाय ८.४१ प्रतिशतले बढेको र संकुचित मुद्राप्रदाय ०.७४ प्रतिशतले घटेको छ । साथै बैंकिंग क्षेत्रको निक्षेप १९.८ प्रतिशतले बढेको छ भने यसबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.५ प्रतिशतले बढेको छ ।

सरकारी वित्त क्षेत्रमा २०७४/७५ सम्म नेपाल सरकारको एक मात्र बजेट प्रस्तुती हुने गरेकोमा यस आवदेखि संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा बजेट प्रस्तुत गर्ने परिपाटी शुरुवात भएको छ । यसअनुसार वित्तीय संघीयताको पूर्ण कार्यान्वयन भई सरकारी वित्त संरचनामा परिवर्तन भएको देखिन्छ । तर चालु आवको प्रथम आठ महिनासम्ममा कुल सरकारी खर्च, पूँजीगत खर्च र राजस्वको स्थिति त्यति सन्तोषजनक देखिदैन । बाह्य क्षेत्रको स्थितिको सन्दर्भमा भने यस अवधिमा कमजोर रहेको देखिन्छ र यस क्षेत्रको सुदृढीकरणको लागि विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको छ ।

२. विश्व धितोपत्र बजारको स्थिति
सन् २०१८ मा विश्व धितोपत्र बजारका अधिकांश सूचकहरुमा गिरावट आएको छ । धितोपत्र बजारको विश्व संगठन (World Federation of Exchanges) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय धितोपत्र बजारका प्रमुख सूचकांकहरुमा सुस्तता आएको देखिएको छ । धितोपत्र बजार पूँजीकरणमा ठूलो कमी आएको भएता पनि धितोपत्रको दोस्रो बजारमा भएको कारोबार रकममा उल्लेख्य बृद्धि भएको छ । यस्तै कुल सूचीकृत कम्पनीको संख्यामा सामान्य बृद्धि भएको देखिन्छ भने प्राथमिक निष्काशन रकममा समेत संकुचन आएको छ ।
सन् २०१८ मा अमेरिकी क्षेत्रको धितोपत्र बजारको पूँजीकरण करीव ६ प्रतिशतले घटेकोमा एसिया प्यसिफिक क्षेत्रमा २३.७ प्रतिशतले र युरोप, मध्य पूर्व र अफ्रिकी क्षेत्रमा १५.६६ प्रतिशतले घटेको छ । यसरी समग्र विश्वको धितोपत्र बजारको बजार पूँजीकरण १४.६२ प्रतिशतले घटेको छ । तर समीक्षा बर्षमा अमेरिकी क्षेत्रको धितोपत्रको दोस्रो बजार कारोबार रकममा भने ३०.४५ प्रतिशको बृद्धि आएको छ ।

३. नेपालको धितोपत्र बजारको स्थिति
यो बर्ष पनि बजार सुधार तथा विकासका लागि उल्लेख्य कार्यहरु भएका छन् भने अको तर्फ धितोपत्रको समष्टिगत बजार (प्राथमिक र दोस्रो) मिश्रित रहेको छ । तर बैंक व्याजदर आकर्षक रहेको साथै धितोपत्रको आपूर्तिमा उल्लेख्य बृद्धि भएका कारण धितोपत्र बजार प्रभावित छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारको समीक्षा देहाय अनुसार गरिएको छ ।

३.१ धितोपत्रको प्राथमिक बजार
चालु आवको प्रथम एघार महिनासम्ममा प्राथमिक निष्काशन र ऋणपत्रको सार्वजनिक निष्काशनले फड्को मारेका कारणले प्राथमिक बजारमा गत बर्षको तुलनामा केही सुधार आएको छ तापनि कुल सार्वजनिक निष्काशनमा भने केही कमी आएको छ । समीक्षा अवधिमा ५३ संगठित संस्थाले करीब ३५ अर्ब बराबरको पूँजी परिचालन गरेका छन, जुन गत वर्षको सोही समयावधिको तुलनामा करिब १६ प्रतिशतले कम हो । चालु आवमा सूचीकृत संगठित संस्थाले हकप्रद मार्फत गर्ने पूँजी परिचालनमा ८० प्रतिशतले कमी आएको छ । यसर्थ गत वर्ष प्राथमिक बजारमार्फत् रु. ४२ अर्ब बराबरको पूँजी परिचालन भएकोमा प्राथमिक बजारमार्फत् परिचालित रकममा यो वर्ष कमी आएको दखिन्छ । यद्यपि विगतमा निकै न्यून मात्रामा जारी हुने गरेको ऋणपत्रमा यस चालु आवमा ऋणपत्र निष्काशनमार्फत् परिचालित रकममा उलेख्य मात्रामा बृद्धि भएका कारण धितोपत्रको प्राथमिक बजारबाट हुने पूँजी परिचालन केही हदसम्म विस्तारित हुन पुगेको देखिन्छ ।
समीक्षा वर्षमा साधारण शेयरको निष्काशनमा करिब ६७ प्रतिशतले बृद्धि भएको छ । कुल पूँजी परिचालनमा सबैभन्दा बढी हिस्सा (५५.८६ प्रतिशत) ऋणपत्र निष्काशनको रहेको छ । यस्तै यो बर्ष पनि चार म्युचुयल फण्डका चार योजनाका इकाइहरु निष्काशन भएता पनि निष्काशन रकममा भने करीब १९ प्रतिशतको गिरावट आएको छ । विगत तीन आवको प्राथमिक बजारको स्थिति तालिका १ मा प्रस्तुत गरिएको छ :
तालिका १

३.२ धितोपत्रको दोस्रो बजार
आव २०७५।७६ को प्रथम एघार महिनामा धितोपत्रको दोस्रो बजारका प्रमुख सूचकहरु मिश्रित रहेको देखिन्छ । आव २०७५।७६ को जेठ महिनाको अन्त्यमा नेप्से सूचकांक १२६९.६ बिन्दु कायम भएको छ, जुन गत वर्षको सोही समयावधिकोे तुलनामा १.७९ प्रतिशतको बृद्धि हो । यस्तै सोही समयावधिमा फ्लोट सूचकांकमा पनि ३.७५ प्रतिशतले बृद्धि भई उक्त सूचकांक ९३.०६ बिन्दु रहेको छ । सूचीकृत कम्पनीहरुको संख्यामा ७.१८ प्रतिशतको बृद्धि आई नेपाल स्टक एक्सचेञ्ज लि. मा कुल सूचीकृत कम्पनी संख्या २०९ पुगेको छ तर उक्त समयमा कुल रु. ९६ अर्ब ९९ करोड बराबरको धितोपत्र कारोबार भएको छ, जुन गत आवको सोही समयावधिको तुलनामा करिब १५.८५ प्रतिशतको कमी हो । हाल नेप्सेमा औसत दैनिक कारोबार रकम रु ४३ करोड ८९ लाख रहेको छ जुन गत बर्षको तुलनामा १९.६ प्रशितले कमी हो ।

समीक्षा अवधिमा दोस्रो बजारको बजार पूँजीकरण रु. १५ खर्ब ७९ अर्ब पुगेको छ, जुन गत वर्षको तुलनामा २४.३३ प्रतिशतले बढी हो । गत बर्षको उक्त अवधिमा दोस्रो बजारको बजार पूँजीकरण रु. १२ खर्ब ७० अर्ब रहेको थियो । यस्तै फ्लोट बजार पूँजीकरणमा पनि गत वर्षको तुलनामा ११.८७ प्रतिशतले बृद्धि भई चालु आवको जेठ अन्त्यमा रु. ५ खर्ब ५२ अर्ब कायम भएको छ । यस्तै चालु आवको जेठ मसान्तमा बजार पुँजीकरणमा कारोबारको प्रतिशत करीब ३८ प्रतिशतको कमी आएको छ । दोस्रो बजारको अवस्थालाई तालिका २ मा प्रस्तुत गरिएको छ :
तालिका २

४. नेपालमा वस्तु विनिमय बजारको नियमन
बोर्डबाट वस्तु विनिमय बजारसम्बन्धी व्यवसाय सञ्चालन गर्न चाहने संगठित संस्थाले बोर्डको अनुमति लिएर मात्र उक्त व्यवसाय गर्न गराउन मिति २०७४ मंसिर १२ मा सूचना प्रकाशन गर्नुका साथै सञ्चालनमा रहेका बजारहरुलाई नयाँ करारको कारोबारमा रोक लगाइएको थियो । वस्तु विनिमय बजार संचालन गर्न बोर्डमा पाँच वटा प्रस्तावित कम्पनीहरुले पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेकोमा मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणलाई समेत दृष्टिगत गरी वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम उक्त कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश गरेको नदेखिएकाले वस्तु विनिमय बजार सञ्चालन गर्न पूर्व स्वीकृतिका लागि आएका पाँचै निवेदकहरुलाई बोर्डले पूर्व स्वीकृति प्रदान नगर्ने निर्णय गरेको थियो ।

मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोवारको सम्भाव्यता तथा लगानीकर्ताको हित संरक्षणको आधारमा समेत हाललाई बोर्डबाट दुईवटा मात्र वस्तु विनिमय बजार सञ्चालन गर्न स्वीकृति प्रदान गरिने नीतिगत निर्णय गरी मिति २०७६ वैशाख १२ मा नयाँ आवेदन दिन चाहने आवेदकका लागि दुई महिनाको समय दिई बोर्डले आव्हान गरेको थियो । इन्कार गरिएका आवेदकले समेत पूर्व स्वीकृतिका लागि पुनः आवेदन गर्न सक्ने व्यवस्था समेत गरिएको थियो । यस क्रममा उल्लेखित समयावधिभित्र छ संस्थाको निवेदन प्राप्त भएको छ । यसरी वस्तु विनिमय बजार संचालनका लागि पूर्व स्वीकृति प्रदान गर्दा प्रस्तावित कम्पनीको पूँजी र रणनीतिक साझेदार, प्रस्तावित प्रविधि, व्यवसायिक योजना, संस्थागत स्वामित्व संलग्नता र व्यवस्थापनको योग्यताको आधारमा उत्कृष्ट दुईवटा आवेदकलाई छनौट गरिने प्रकृया अगाडि बढाइएको छ ।

५. बोर्डको आ.व. २०७५।७६ को नीति तथा कार्यक्रमको प्रगति समीक्षा
धितोपत्र तथा वस्तु विनिमय बजारको नियामक निकायको रुपमा बोर्डले हालका वर्षहरुमा सशक्त नियमन तथा सुपरिवेक्षण भूमिका निभाउँदै आएको छ भने अर्कोतर्फ बोर्डले बजार विकास तथा सुधारको क्रममा पनि विभिन्न कोणबाट सुधारका प्रयासहरु गरिरहेको छ । फलस्वरुप धितोपत्रकोे प्राथमिक र दोस्रो बजारमा संरचनात्मक सुधार हुदै गएको देखिन्छ् ।

प्राथमिक बजारमा आस्वा र सि आस्वा प्रणाली लागू गरे पश्चात ७७ जिल्लाको साथै अधिकांश स्थानीय निकायमा पनि प्राथमिक बजारको पहुँच मात्र पुगेको छैन, यो सुविधालाई लगानीकर्ताहरुले प्रयोग समेत गरेका छन् । सार्वजनिक निष्काशनमा १० कित्ता आवेदन दिन पाउने व्यवस्थाका साथै उपलब्ध भएसम्म सबै आवेदकलाई १० कित्ता शेयर पुग्ने समावेशी वितरण प्रणाली लागू गरे पश्चात काठमाडौंमा केन्द्रीत लगानीकर्ताहरु नेपालभरि विस्तार हुदै संख्या पनि बढदै गएको छ भने अर्कोतर्फ सूचीकरणदेखि कारोबारसम्म छ महिनाको अवधिलाई ४० दिनमा झरेकोले लागत समेत घटन गएको छ भने अर्को तर्फ धितोपत्र बजारको सुपरिवेक्षणलाई सशक्त बनाउदै लैजाने क्रममा धितोपत्र धितोपत्र दलाल व्यवसायी, निक्षेप सदस्य, योजना व्यवस्थापकलाई कानुनी कारवाही, धितोपत्रको सार्वजनिक निष्काशन प्रकृयालाई थप व्यवस्थित गर्ने र धितोपत्र बजारमा हुन सक्ने सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यलाई रोक्नलाई निर्देशन जारी गर्ने जस्ता महत्वपूर्ण सुधारहरु भई धितोपत्र बजार क्रमशः आधुनिकीकरणको चरणमा प्रवेश गरेको छ ।

समीक्षा वर्ष २०७५।७६ मा प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोष प्रोत्साहन गर्न विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू गरिएको, जनताको जलविद्युत कार्यक्रमको लागि बिशेष कानूनी व्यवस्था, एक नेपाली एक डिम्याट खाता अभियानको शुरुवात, आयोजना प्रभावित स्थानीय व्यक्तिलाई पनि आस्वा प्रणालीमार्फत् आवेदन दिने व्यवस्था, बोर्ड कार्यालयमा नियमित लगानीकर्ता प्रशिक्षण कार्यक्रम तथा रेडियो कार्यक्रमहरुको आरम्भ, बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने तथा प्रदेशमा स्थानीय ब्रोकरको व्यवस्था, १० कित्ता आवेदन दिन पाउने व्यवस्था, सार्वजनिक निष्काशनमा आयोजना प्रभावित स्थानीय वासिन्दालाई समेत आस्वा सुविधा प्रदान गरिएको, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ जारी, धितोपत्र मार्जिन कारोबारसम्बन्धी व्यवस्था, खुलामुखी सामूहिक लगानी कोषको शुरुवात, OECD सँगको वित्तीय साक्षरतासम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन, प्रदेश नं. १ मा प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शनी लगायतका महत्वपूर्ण कार्यहरु सम्पन्न भएका छन् । चालु आ.व. २०७५।७६ मा गरिएका कार्यहरुलाई तल विस्तृत रुपमा प्रस्तुत गरिएको छः

क) कानूनी संरचनाको विकास तथा सुदृढीकरण
समीक्षा बर्षमा कानूनी संरचनाको विकास तथा सुदृढीकरणसम्बन्धी देहायका महत्वपूर्ण कार्यहरु भएका छन् ।
 विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागूः
 जनताको जलविद्युत कार्यक्रमको लागि बिशेष कानूनी व्यवस्था
 धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ लागू
 धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ स्वीकृत

ख) बजार पूर्वाधारहरुमा सुधार तथा विकास
समीक्षा बर्ष बजार पूर्वाधारहरुमा सुधार तथा विकासका सम्बन्धमा देहायका महत्वपूर्ण कार्यहरु समीक्षा बर्षमा सम्पन्न भएका छन् ।
 काठमाडौंबाहिर देशका विभिन्न आठ स्थानमा धितोपत्र दलाल व्यवसायीको सेवा विस्तार ।
 दुई वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई मर्चेन्ट बैंकरलाई अनुमति प्रदान गर्ने ।
 बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा प्रक्रिया अगाडि वढिरहेको ।
 संघीय संरचना अनुसार धितोपत्र दलाल व्यवसायी थप गर्न नेप्सेलाई निर्देशन दिएको ।
 सूचना प्रवाह सुदृढ गर्ने र स्टक डेरिभेटिभ मार्केटको विकास गर्ने नेप्सेलाई निर्देशन दिएको ।
 अभौतिक धितोपत्रको घरायसी र मृत्यु नामसारीमा निक्षेप सदस्यहरुमार्फत संभव हुने व्यवस्था गरिएको छ ।
 २०७५ साउनबाट सार्वजनिक निष्काशनमा उद्योग वा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई समेत आस्वा प्रणालीमार्फत आवेदन दिने व्यवस्था गरिएको छ ।
 २०७५ चैत्र ३७ देखि सार्वजनिक निष्काशनमा न्यूनतम दश कित्ता शेयर आवेदन गर्न पाउने व्यवस्था गरिएको छ ।
 धितोपत्र बजारमा खुलामुखी सामूहिक लगानी कोषको शुरुवात ।
 दुई वस्तु विनिमय बजार संचालन गर्ने नीतिगत व्यवस्था र नयाँ आवेदन माग ।
 सर्किट ब्रेकरसम्बन्धी व्यस्थामा सुधार ।
 म्युचुयल फण्डको छुट्टै परिसूचकको गणना शुरुवात ।

ग. बजार सुपरिवेक्षण व्यवस्थामा सुधार
धितोपत्र बजार सुपरिवेक्षण सम्बन्धमा देहायका महत्वपूर्ण कार्यहरु गरी सुपरीवेक्षणलाई सुदृढ बनाउँदै लगेको छ ।
 चार योजना व्यवस्थापकहरुलाई पहिलो पटक कानुनी कारवाही ।
 एक पटकमा रु.५ लाख वा सोभन्दा बढी कारोवार गर्ने लगानीकर्ताहरुलाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको ।

घ. बजार सहभागीहरुको व्यवसायिकता तथा स्तर अभिवृद्धि
 बजारका गुनासा सम्बोधनका लागि कार्यक्रम तथा लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम ।
 धितोपत्रको मार्जिन कारोबारसम्बन्धी व्यवस्था ।
 धितोपत्र व्यवसायीहरुलाई कर्मचारी नियमावली लागू गर्न निर्देशन ।

ङ. अध्ययन तथा अनुसन्धान र प्रकाशन
बोर्डले पछिल्लो समय बजार सुधार तथा विकासका लागि अध्ययन तथा अनुसन्धान कार्यलाई प्राथमिकता दिदै आएको छ । समीक्षा वर्षमा बोर्डले विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न गरेको छ । वर्षमा बोर्डले निम्न अनुसार सामग्री प्रकाशन गर्नुका साथै नियमित प्रकाशनलाई समेत निरन्तरता दिएको छः
 नेपाल धितोपत्र बोर्ड समाचार, २७ औं बर्षिकोत्सव विशेषाङ्क, २०७६,
 धितोपत्र तथा वस्तु विनिमय बजार विकास तथा सुधारका आयामहरु, २०७६,
 Securities and Commodities Market Related Law, Special Publication 2076

 Sebon Journal, Issue VII,

च. प्रशिक्षण तथा जनचेतना अभिवृद्धि
यस सम्बन्धमा समीक्षा वर्षमा बोर्डले विश्व लगानीकर्ता सप्ताह, प्रदेश १ मा पहिलो प्रादेशिक पूँजी बजारसहित विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ :
 नियमित लगानीकर्ता प्रशिक्षण कार्यक्रमको शुरुवात ।
 धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तुहरु पाठ्यक्रममा समावेश गर्ने ।
 लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रमको प्रसारण शुरूवात ।
 प्रदेशमा आर्थिक तथा धितोपत्र बजारसम्बन्धी तालिम÷प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको शुरु ।
 बोर्डको लोगो अंकित हुलाक टिकट तथा रजत जयन्ती स्मारिका सिक्का प्रकाशन ।

छ. छलफल, अन्तरक्रिया तथा सम्मेलन
यस सम्बन्धमा समीक्षा वर्षमा वित्तीय साक्षरतासम्बन्धी OECD-SEBON अन्तर्राष्ट्रिय सम्मेलनसहित विभिन्न महत्वपूर्ण कार्यक्रमहरु सम्पन्न भएका छन्ः

वित्तीय साक्षरतासम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न : बोर्डले २०१९ जुलाई २ र ३ गते नेपाल मै पहिलो पटक वित्तीय साक्षरतासम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन OECD/INFE संगको सहकार्यमा समपन्न गरेको छ । एसिया प्यसिफिक क्षेत्रका विभिन्न देशका ३६ विदेशी सहित १२५ उच्च अधिकारीहरु सहभागी रहेको उक्त कार्यक्रममा वित्तीय साक्षरता अभिवृद्धिको लागि विभिन्न शिर्षकमा पाँच सत्रहरु संचालन भएका थिए । यसवाहेक अन्य धेरै कार्यक्रमहरु सम्पन्न गरिएको छ ।

ज) बोर्डको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार प्रकृयामा रहेका केही कार्यक्रमहरु
बोर्डको स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार प्रकृयामा रहेका केही कार्यक्रमहरु देहाय बमोजिम रहेका छन् ।
धितोपत्रको दोस्रो बजार कारोवारलाई विश्वसनीय बनाउन भित्री कारोवार बन्देज नियमावली बनाई लागू गर्ने कार्य अन्तिम चरणमा रहेको ।
वस्तु विनिमय बजारको नियमन जिम्मेवारी सहित बड्दो जिम्मेवारीलाई दृष्टिगत गरी बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन बोर्डको नयाँ संरचनाको लागि O & M Survey भैरहेको ।
बोर्डको सूचना प्रविधि नीतिको स्वीकृतिको अन्तिम चरणमा रहेको र आगामी आव देखि लागू गर्ने ।
बैंक सहायक कम्पनीलाई ब्रोकर लाईसेन्स दिनेवारे नेराबैबाट स्वीकृत भई नेप्सेको सिफारिस प्रक्रियामा रहेको ।
देशको संघीय संरचना अन्र्तगत बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्दै जाने नीति अन्र्तगत बोर्डको प्रादेशिक कार्यालय स्थापनाका सम्बन्धमा बोर्डको O & M Survey भैरहेकोले आ.व. २०७६/७७ मा प्रादेशिक कार्यालयको शीघ्र स्थापना गर्ने योजना रहेको ।
धितोपत्र व्यवसायीहरुको आन्तरिक तथ्याकं व्यवस्थापनलाई प्रभावकारी बनाउन तथ्याकं व्यवस्थापन प्रणाली खरिद गर्ने तथा धितोपत्र कारोवार सुपरिवेक्षण प्रणालीको लागि अध्ययन कार्य अगाडि बढाउने कार्य भैरहेको ।
Municipal Bond निष्काशनसम्बन्धी आवश्यक व्यवस्था तथा ऋणपत्र र अग्राधिकार सेयर बजार विकासको लागि अवलम्वन गरिनुपर्ने प्रोत्साहनमूलक नीतिका सम्बन्धमा अध्ययन कार्य भैरहेको ।

खण्ड २ : आव २०७६।७७ को नीति तथा कार्यक्रम
बोर्डको आव २०७६।७७ को आगामी आवको नीति तथा कार्यक्रमहरु विकासात्मक र नियमित गरी दुई शीर्षकमा विभाजन गरेको छ । बजारको विकास तथा विस्तारका लागि बोर्डको नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि गर्दै बजारलाई स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउंदै लैजानुपर्ने आवश्यकता छ । यस क्रममा बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधारका लागि आ.व. २०७६।७७ मा सम्पन्न गर्नुपर्ने विभिन्न विकासात्मक तथा नियमित कार्यक्रमहरु समावेश गरी बोर्डको नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।
बोर्डले आगामी आवको यस्तो नीति तथा कार्यक्रम तर्जुमा गर्दा मुख्यतः नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट बक्तव्य, नेपाल सरकारका वित्तीय क्षेत्र विकास रणनीति, नेपाल सरकारको १५ औं योजना, चालू आवको नीति तथा कार्यक्रम कार्यान्वयनको स्थिति, धितोपत्रसम्बन्धी ऐनको अतरिक्त वस्तु विनिमय तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनहरुले दिएका जिम्मेवारी, OECD को सहकार्यमा सम्पन्न भएको वित्तीय साक्षरतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका मार्गदर्शन, सरोकारवालाहरुसँगको छलफल/अन्तरक्रिया तथा प्राप्त सुझाव, धितोपत्र बजार सम्बन्धी नियामक निकायहरुको अन्र्तराष्ट्रिय संस्था (IOSCO) को सिद्धान्त तथा मापदण्डहरुलाई आधारको रुपमा लिएको छ ।

१. नीति तथा कार्यक्रमका प्रमुख विशेषताहरु
नेपाल सरकारले आर्थिक वर्ष २०७६।७७ का लागि प्रस्तुत गरेको बजेटमा समावेश भएको आर्थिक तथा धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम, नेपाल सरकारको १५ औं योजना, वित्तीय क्षेत्र विकास रणनीति, OECD को सहकार्यमा सम्पन्न भएको वित्तीय साक्षरतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका निचोडहरुका साथै बोर्डले विभिन्न समयमा आयोजना गरेका छलफल तथा अन्र्तक्रिया कार्यक्रममा प्राप्त रचनात्मक सुझावहरुको आधारमा बोर्डले आर्थिक वर्ष २०७६।७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।

यस नीति तथा कार्यक्रमले बोर्डको संस्थागत तथा नियमन क्षमताको अभिवृद्धि गर्दै धितोपत्र तथा वस्तु विनिमय बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, बजार पूर्वाधारहरुको विकाससँगै बजार सहभागीहरुको कार्यक्षेत्र, स्तर तथा व्यवसायिकतामा सुधार ल्याउने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने तथा वित्तीय साक्षरताको स्थितिलाई सुदृढ गर्ने जस्ता लक्ष्यहरु लिएको छ ।

आर्थिक वर्ष २०७६।७७ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमलाई विकासात्मक र नियमित गरी दुई भागमा विभाजन गरी प्रत्येकलाई छुट्टाछुट्टै विषयगत रुपमा प्रस्तुत गरिएको छ । यस कार्यक्रममा मुख्यतः ट्रष्ट ऐनको मस्यौदा गरी नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने, सूचीकृत कम्पनीका लािग संस्थागत सुशासन निर्देशिकामा परिमार्जन गर्ने, एकीकृत निर्देशिका जारी गर्ने, O & M Survey अनुसार नयाँ संगठन संरचना कार्यान्वयनमा ल्याउने, वित्तीय लगानीकर्ता/ग्राहकको संरक्षणसम्बन्धी व्यवस्थालाई सुदृढ गर्दे वित्तीय समावेशी नीति समेत तर्जुमा गर्ने, बुक बिल्डिङ्ग प्रणालीलाई प्रयोगात्मक रुपमा कार्यान्वयनमा ल्याउने, त्रीवर्षीय धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी रणनीतिक योजना (२०७७/७८–२०८०/८१) को प्रारुप तयार गर्ने इत्यादि सुधारका कार्यक्रमहरु रहेका छन् । विकासात्मक नीति तथा कार्यक्रम देहाय बमोजिम रहेका छन् :

१.१.१ समष्टिगत बजार सुधार तथा विकास
1) मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भावनाका साथै लगानीकर्ताको हक हितलाई ध्यानमा राखी दुई वटा मात्र वस्तु विनिमय बजार सञ्चालन अनुमति दिने नीतिगत व्यवस्था गरिए अनुसार निर्धारित मापदण्ड अनुरुप वस्तु विनिमय बजारलाई अनुमति दिई संचालन गराउने । साथै वस्तु विनिमय बजार संचालनमा आए पश्चात वस्तु कारोबार व्यवसायीको लागि बजारको प्रतिस्पर्धी एवं गुणात्मकरुपमा विकास हुने गरी अनुमति दिने ।
2) संगठित संस्थालाई धितोपत्रको निष्काशन प्रिमियम मूल्यमा जान पाउने कम्पनीको शेयरको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशनमा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी प्रतिस्पर्धात्मक रुपमा मूल्य निर्धारणका लागि बुक बिल्डिङ्ग प्रणालीलाई प्रयोगात्मक रुपमा कार्यान्वयनमा ल्याउने ।
3) नेप्सेको संस्थागत सुधारको साथ साथै निजी क्षेत्रमा अर्को स्टक एक्सचेन्ज स्थापना गर्न दिने नीतिगत व्यवस्था भए अनुसार यस कार्यलाई अगाडि बढाउने ।
4) वित्तीय लगानीकर्ता/ग्राहकको संरक्षणसम्बन्धी व्यवस्थालाई सुदृढ गर्दे वित्तीय समावेशी नीति तर्जुमा गर्ने ।
5) हकप्रद शेयर निष्काशनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी दिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी शीघ्र कार्यान्वयनमा ल्याउने ।
6) बोर्डबाट गत आ.व. देखि शुरुवात गरिएको एक नेपाली एक डिम्याट खातासम्बन्धी नीतिलाई थप प्रभावकारी बनाउन प्रोत्साहन गर्ने ।
7) T+3 र कारोबार समयलाई नेप्से तथा बजार सहभागीको क्षमताको आधारमा घटाउँदै लगी धितोपत्रको दोस्रो बजारलाई सुदृढ बनाउँदै लैजाने ।
8) धितोपत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको (बल्क कारोबार) व्यवस्था गर्ने ।
9) सूचीकृत वास्तविक क्षेत्रका कम्पनी, जलविद्युत क्षेत्रका कम्पनी तथा सामूहिक लगानी कोषले बोर्डमा पेश गर्ने विवरण प्रवाहका लागि प्रारुप तयार गर्ने ।
10) केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको शेयरहरुको बीमा गर्नका लागि सहजीकरण गर्ने ।
11) नेपाल सरकारले कर छुटमार्फत उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गरेको परिप्रेक्ष्यमा यस्ता कम्पनीहरुलाई सहुलियत दरमा ऋण प्रवाह गराई थप प्रोत्साहनको व्यवस्था गर्ने ।
12) पचास करोड वा सो भन्दा माथिका र एक अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्रयाउन प्रोत्साहन/सहजीकरण गर्ने ।
13) सूचीकृत कम्पनीहरुका सस्थापकहरुको लक इन पिरियड सम्बन्धमा हाल रहेको व्यवस्थालाई बजारमा प्रतिकूल असर नपर्ने गरी सुधार गर्ने ।
14) विशिष्टिकृत लगानी कोषको कानूनी व्यवस्था गरिएकोमा यस्ता कोषहरुको विकास तथा विस्तारका लागि आवश्यक कार्य गर्ने ।
15) Best grading पाएका सूचीकृत संगठित संस्थाहरुलाई मुद्रा बजारमार्फत ऋण प्रवाहमा सहुलियत प्रदान गराउन सहजीकरण गर्ने ।
16) वस्तु विनिमय बजार संचालनमा आएपश्चात उक्त बजारमा स्थानीय वस्तुसँग सम्बन्धित करारहरुको कारोवारको व्यवस्था गरी बस्तुको भौतिक बजार तथा विनिमय बजारको एकीकृत विकासलाई सहयोग गर्ने ।
17) बोर्डमा प्राप्त हुने Contract Specification को अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने ।
18) नेप्से र सिडिएससीमा IT/Software क्षमता अभिवृद्धिमा आवश्यक सहजीकरण गर्ने ।
19) नेप्से र सिडिएससीबाट गरिने बजार सहभागीहरुको सुपरिवेक्षण कार्यलाई नियमित र प्रभावकारी बनाउन सहजीकरण गर्ने ।
20) ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रुपमा शीघ्र संचालन गर्न सहजीकरण गर्ने ।
21) ओटिसी कारोवारलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन स्वचालित कारोवार प्रणालीको शीघ्र शुरुवात गराउन सहजीकरण गर्ने ।
22) धितोपत्र दाश्रो वजारलाई जिल्ला र स्थानको आर्थिक क्षमता र गतिविधिको साथै नेप्सेको क्षमतानुसार क्रमशः विस्तार गर्न सहजीकरण गर्ने ।
23) APEC Financial Regulators Training Initiative (FRTI) को सदस्यता लिई बाह्रय सहभागिता बढाउने ।

१.१.२ बजार सहभागीहरुको क्षमता अभिवृद्धि तथा कार्यक्षेत्र वृद्धि
24) बजारलाई प्रविधिमैत्री बनाई लगानीकर्तालाई सुविधा प्रदान गर्ने उद्देश्यले सूचना प्रविधि नीति लागू गरी बोर्ड तथा बजार सहभागीहरुको सूचना प्रविधि क्षमता अभिबृद्धि गर्ने ।
25) सामूहिक लगानी योजनाको विकास विस्तार र प्रबद्र्धनका लागि सम्झौतित बचत परिचालन गर्ने बीमा कम्पनीहरुको सहायक कम्पनीमार्फत सहभागी हुन सक्ने व्यवस्था गर्ने ।
26) क्रेडिट रेटिङ्ग व्यवसायलाई प्रतिस्पर्धी एवं विश्वसनीय बनाउन शुल्क पुनरावलोकन तथा संस्थाको रेटिङ्ग जस्ता व्यवस्थासहित आधारभूत सुधार गर्ने ।
27) मर्चेन्ट बैंकरको कार्य क्षेत्र सुदृढीकरण गदैै कार्य क्षेत्र समेत विस्तार गर्ने व्यवस्था गर्ने ।
28) धितोपत्र दलाल व्यवसायीहरुको कार्य क्षेत्र विस्तार गर्न उक्त व्यवसायीहरुलाई ब्रोकर डिलरसिप र ब्मखष्कयचथ क्भचखष्अभ को कार्य गर्न दिने व्यवस्था गर्ने ।
29) पूँजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित नागरिक लगानी कोष लगायत विशेष ऐनद्वारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको शुरुवात गराउन आवश्यक सहजीकरण गर्ने ।
30) धितोपत्र तथा वस्तु विनिमय बजार र वित्तीय शिक्षा प्रशिक्षण संस्थाको स्थापना पश्चात धितोपत्र व्यवसायी तथा सोको जनशक्तिलाई तालिम दिनुका साथै Certification गर्ने व्यवस्थाको शुरुवात गर्ने ।
31) मार्जिन कारोबार सम्बन्धी कार्यविधि/पूर्वाधार तयार भैसकेको परिप्रेक्ष्यमा मार्जिन कारोबार शीघ्र शुरु गराउने व्यवस्था गर्ने ।

१.१.३ बोर्डको संस्थागत तथा नियमन क्षमता अभिबृद्धि
32) बोर्ड र ICAN को सहकार्यमा सूचीकृत संगठित संस्थाहरुको ल्ँच्क् कार्यान्वयन सम्बन्धमा आवश्यक कार्य अगाडि बढाउने ।
33) बोर्ड, ICAN र धितोपत्र बजारको सहकार्यमा सूचीकृत संगठित संस्थाहरुको वित्तीय विवरण पुनरावलोकन गर्ने संयन्त्र विकास गर्ने ।
34) बोर्डको सूचना प्रविधि नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने ।
35) वित्तीय साक्षरता अभिवृद्धिका लागि बोर्डमा छुट्टै वित्तीय साक्षरता विभागको स्थापना गर्ने ।
36) सूचीकृत कम्पनीहरुको संस्थागत सुशासन अवस्थामा सुधार ल्याउन अन्य नियमन निकायहरुसँगको सहकार्यमा संस्थागत सुशासन संहितालाई परिमार्जन गर्ने ।
37) वस्तु विनिमय बजारको नियमनको जिम्मेवारीसहित बोर्डको बढ्दो जिम्मेवारीलाई दृष्टिगत गरी बजारको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विकसित बजारको संरचना समेतलाई मध्यनजर गर्दै इ ७ ः क्गचखभथ अनुसार नयाँ संगठन संरचना क्रमशः कार्यान्वयन गर्दै लैजाने ।
घड। बोर्डको अनुमति तथा स्वीकृतिका क्रममा रहेका फाइलहरु तथा अन्य कागजातहरुको स्थितिको सहज पहिचान तथा पहुंचका लागि ँष्भि त्चबअपष्लन क्थकतझ शीघ्र कार्यान्वयनमा ल्याउने ।
घढ। काठमाडौं बाहिर समेत पूँजी बजार विकास तथा विस्तार हुदैं गएको परिप्रेक्ष्यमा कुनै एक प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय शीघ्र स्थापना गरी क्रमशः प्रदेश नं ३ बाहेक सबै प्रदेशमा यस्तो कार्यालय खोल्ने नीति लिने ।
द्धण्। ल्ँच्क् अनुसार बोर्डको ब्अअयगलतष्लन ःबलगब ितयार गर्ने तथा बोर्डको सम्पत्तिको मूल्यांकनमा ँबष्च ख्बगिबतष्यल र दायित्व निर्धारण सम्बन्धमा ब्अतगबचष्ब िख्बगिबतष्यल को व्यवस्था गर्ने कार्य अगाडि बढेकोमा आ.व. २०७६।७७ मा कार्यान्वयनमा ल्याउने ।
द्धज्ञ। विकसित देशको पूँजी बजार नियमन निकाय तथा सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बोर्डको संस्थागत क्षमता अभिवृद्धि कार्य संचालन गर्ने ।
द्धद्द। बोर्डका निश्चित तहसम्मका कर्मचारीहरु लागि कर्मचारी सवारी सुविधा योजना ९इथ्ख्क्० ल्याउन अध्ययन गरी कार्यान्वयन गर्ने ।
द्धघ। बोर्डको जनशक्ति पुनर्ताजगी तथा क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन गर्ने ।
द्धद्ध। बोर्डको कार्यालयका लागि जग्गा÷भवन लिने कार्य अगाडि बढाउने ।
१.१.४ कानूनी संरचनाको विकास तथा सुदृढीकरण
द्धछ। धितोपत्र दर्ता तथा निष्काशन, सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग, मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल सम्बन्धी नियमवलीहरुलाई सुधारात्मक उल्लेख्य संशोधन गरी कार्यान्वयन गर्ने ।
द्धट। धितोपत्र बजारको स्थायित्व तथा दीर्घकालीन विकासका लागि आवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी नेपाल सरकारसमक्ष प्रस्तुत गर्ने र सरकारमार्फत् विधायन प्रक्रियामा लैजाने ।
द्धठ। इचनबलष्कबतष्यल ायच भ्अयलयmष्अ ऋययउभचबतष्यल बलम म्भखभयिऊभलत९इभ्ऋम्० को सहकार्यमा वित्तीय उपभोक्ता÷लगानीकर्ताको संरक्षण तथा सुशासन अभिवृद्धिका लागि आवश्यक कानूनी व्यवस्था गर्ने ।
द्धड। धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी गुनासा समाधानसम्बन्धी व्यवस्थालाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन कार्यविधि तयार गर्ने ।
द्धढ। मस्यौदा भई अन्तिम चरणमा रहेको भित्री कारोबार नियमावली पारित गराई शीघ्र लागू गर्ने ।
छण्। वस्तु विनिमय बजार संचालन तथा वस्तु विनिमय बजार व्यवसायी सम्बन्धी अन्य आवश्यक नियमावली तथा निर्देशिकाहरु तर्जुमा गर्ने ।
छज्ञ। वस्तु विनिमय बजार संचालनमा आएपश्चात वेयर हाउसको आवश्यकता र कानूनी व्यवस्था समेतको अध्ययन गर्ने ।
छद्द। वस्तु विनिमय बजारसम्बन्धी विनियमावलीहरु स्वीकृत गर्ने ।
छघ। बजारको समसामयिक स्थिति समेतलाई मध्यनजर गरी बोर्डले बजार सहभागीहरुलाई दिएको निर्देशनहरु समेटी एकीकृत निर्देशिका जारी गर्ने ।
छद्ध। धितोपत्र सम्बन्धी ऐन, नियमावली तथा निर्देशिकाहरुको आवश्यक पुनरावलोकन गरी संशोधन गर्ने ।
१.१.५ बजार सुपरिवेक्षण व्यवस्थामा सुधार
छछ। धितोपत्र व्यवसायीको कारोबारको साथै धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण निवारणका लागि जोखिममा आधारित सुपरिवेक्षण ९च्ष्कप द्यबकभम क्गउभचखष्कष्यल० को कार्यविधि विकास गरी सोअनुरुप सुपरिवेक्षण कार्य गर्ने ।
छट। नेप्से तथा सिडिएससीको प्रणाली संपरीक्षण गर्ने व्यवस्था शुरु भइसकेकोले यसलाई थप स्तरीय बनाउँदै सूचना प्रविधिको बढी प्रयोग हुने अन्य सेवा प्रदायकको प्रणालीको समेत संपरीक्षण गराउने व्यवस्था गर्ने ।
छठ। वस्तु विनिमय बजारको सुपरिवेक्षण कार्यलाई दक्ष एवं प्रभावकारी बनाउन वस्तु विनिमय बजार तथा बस्तु कारोवार व्यवसायी सुपरिवेक्षण दिग्दर्शन तर्जुमा गरी लागू गर्ने ।
छड। धितोपत्र व्यवसायीको नियम परिपालना प्रतिवेदनको ढाँचा विकास गरी कार्यान्वयन गर्ने ।
छढ। सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र व्यवसायी र सूचीकृत कम्पनीको विस्तृत विवरण ९एचयाष्भि० तयार तथा अद्यावधिक गर्ने ।
टण्। धितोपत्र बजारमा कारोबार हुने सूचीकृत कम्पनी, कारोबार रकम, कारोबार हुने धितोपत्र आदि सम्बन्धमा ब्भिचत न्भलभचबतष्लन च्भब ित्ष्mभ क्गचखभष्ििबलअभ गर्न ब्गतयmबतभम ःबचपभत क्गचखभष्ििबलअभ क्थकतझ विकासका लागि दक्षिण एशियाली राष्ट्रको नियमन निकायसँग सहकार्य गर्ने ।
१.१.६ अध्ययन ÷अनुसन्धान तथा वित्तीय साक्षरता अभिवृद्धि
टज्ञ। वित्तीय क्षेत्र विकास रणनीतिको आ.व. २०७६।७७ अन्तिम वर्ष भएकाले सोको समीक्षा गरी सोही आधारमा त्रीवर्षीय धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी रणनीतिक योजना (२०७७÷७८–२०८०÷८१) को प्रारुप तयार गर्ने ।
टद्द। वस्तु विनिमय बजारको सञ्चालन तथा नियमनसम्बन्धमा क्षमता अभिवृद्धि गर्न विदेशी विज्ञहरुमार्फत बोर्डको जनशक्ति तथा अन्य पदाधिकारीहरुलाई सहभागी गराई उच्चस्तरीय नीतिगत छलफल तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने ।
टघ। धितोपत्र बजारमा महिला तथा जेष्ठ नागरिकको सहभागिता बढाउन समावेशी नीति लिने सम्बन्धमा अध्ययन गर्ने ।
टद्ध। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ लागू भैसकेको सन्र्दभमा गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्तालाई धितोपत्रको दोस्रो बजारमा भित्र्याउने सम्बन्धमा आवश्यक अध्ययन गर्ने ।्
टछ। धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्याङ्कहरुको एकीकृत व्यवस्थापनसम्बन्धी अध्ययन गरी केन्द्रीय धितोपत्र बजार तथा कमोडिटी फ्यूचर्स बजार तथ्याङ्क बैंकको सुदृढ गर्दै जाने ।
टट। धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी विभिन्न शैक्षिक तालिम संचालन तथा अध्ययन अनुसन्धान गरी नीति निर्माणमा सहयोग गर्न धितोपत्र तथा फ्यूचर्स बजार र वित्तीय शिक्षा प्रशिक्षण संस्था ९क्भअगचष्तष्भक, ँगतगचभक ःबचपभत बलम ँष्लबलअष्ब िभ्मगअबतष्यल क्ष्लकतष्तगतभ(क्ँँभ्क्ष्० शीघ्र स्थापना गर्ने ।
टठ। उपलब्ध तथ्याङ्क तथा जानकारीहरुको आधारमा धितोपत्र बजार विकास तथा सुधारसम्बन्धी नीति तथा कार्यक्रमहरुको प्रभावकारिता सम्बन्धमा अध्ययन गर्ने ।
टड। वित्तीय साक्षरता रणनीति तयार भैरहेको परिप्रेक्ष्यमा वित्तीय साक्षरता अभिवृद्धिका लागि अध्ययन गरी उपयुक्त ढाँचा बनाउने ।
टढ। धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्न कानून व्यवसायी, पत्रकार तथा विभिन्न सरकारी निकायहरुमा उक्त संस्थाहरुसँगको सहकार्यमा प्रतिष्ठान स्तरीय तालिम÷प्रशिक्षण कार्यक्रम आयोजना गर्ने ।
ठण्। कलेज तथा स्कूलका विद्यार्थीहरुलाई वित्तीय बजार सम्बन्धी जानकारी दिन वित्तीय बजारसम्बन्धी जानकारी पुस्तिका तयार गरी व्यापक रुपमा वितरण गर्ने ।
ठज्ञ। बोर्डबाट २०७६ वैशाख देखि मासिकरुपमा लगानीकर्ता प्रत्यक्ष संवाद रेडियो कार्यक्रम शुरुवात गरिएकोमा यस आ.व. देखि प्रत्येक दुई हप्ता अर्थात महिनाको दुई पटक संचालन गर्ने ।
ठद्द। बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयको सहकार्यमा बोर्ड तथा कम्पनी रजिष्ट्रार कार्यालय तथा अन्य सम्बन्धित निकायका पदाधिकारीहरु र एक अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुका प्रमुखहरु तथा विज्ञहरुलाई संलग्न गराई पब्लिक कम्पनी तथा धितोपत्र बजारमार्फत् पूँजी परिचालन सम्बन्धमा छलफल÷अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने ।
ठघ। पछिल्लो समयमा काठमाडौं उपत्यका बाहिरसमेत पूँजी बजार गतिविधिहरु बढ्दै गएकाले यस सम्बन्धी जानकारी तथा सचेतना अभिबृद्धि गरी यसमा व्यापक जनसहभागिता बढाउन प्रदेश नं १ बाट शुरु गरिएको प्रादेशिक पूँजी बजार प्रर्दशनीलाई बजार सहभागीहरुमार्फत अन्य प्रदेशहरुमा संचालन गर्न आवश्यक सहजीकरण गर्ने ।
१.२ नियमित कार्यक्रमहरु देहायअनुसार चार विषयहरुमा केन्द्रित गरिएको छ ।
१. धितोपत्रहरु दर्ता तथा निष्काशन स्वीकृति र व्यवसाय संचालन अनुमति तथा विनियमावली स्वीकृति
२. बजार अनुगमन, सुपरिवेक्षण तथा कारवाही
३. बजार विकासका लागि सुझाव, नीति तथा कार्यक्रम तयारी तथा प्रगति पुनरावलोकन र गुनासा समाधान
४. लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिबृद्धि र अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा व्यावसायिकता विकास तथा अन्य ।

आगामी वर्ष २०७६।७७ मा धितोपत्र तथा वस्तुविनिमय वजार स्थितिको पूर्वानुमान
यसरी हालसालका वर्षहरुमा धेरै संरचनात्मक सुधारहरु गरिएका, वजारको आधारभूत पूर्वाधारहरु तैयार भैसकेको र उपर्युक्त नीति तथा कार्यक्रमको कार्यान्वयनको साथै नेपाल सरकारको पूजीवजारलाई प्रोत्साहन गर्ने नीति लिएको फलस्वरुप आउदो वर्ष २०७६।७७मा धितापत्रवजार विकास र विस्तार हुनेछ । साथै वस्तुविनिमय वजारसमेत संचालनमा आई यसमा गतिशिलता आउने छ ।
अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रमलाई बोर्डले उच्च प्राथमिकतामा राखी कार्यान्वयनमा लैजाने जानकारी गराउँदै यसलाई सफल बनाउन पत्रकारसहित सम्पूर्ण सरोकारवालाहरुसँग आवश्यक सहयोग तथा समन्वयको लागि विशेष अपिल गर्दछु ।
डा. रेवत बहादुर कार्की
अध्यक्ष
असार ३०, २०७६ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ