सम्पत्तिको स्रोत खुलाउनुपर्ने भएपछि चेक बाउन्सका उजुरी घटे

2019-07-16

काठमाडौं - सम्पत्तिको स्रोत खुलाउनुपर्ने भएपछि प्रहरीमा चेक बाउन्सका उजुरी घटेको छ। मिटर ब्याज, ढुकुटी र जुवामा लगानी गर्नेहरू पनि आउन थालेपछि त्यसको स्रोत खोज्न थालिएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीमा दैनिक ६० देखि ७० वटासम्म उजुरी आउँथे। त्यो क्रम घटेर १५ वटामा सीमित भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। उनका अनुसार १० लाखभन्दा बढी रकमका चेक बाउन्स उजुरीमा प्रहरीले त्यसको स्रोत खोज्छ। ‘१ करोड रुपैयाँसम्मको चेक बाउन्सका उजुरी पर्न थाले। अनुसन्धान गर्दै जाँदा कसैले मिटर ब्याजमा त कसैले ढुकुटीमा लगानी गरेको भेटियो’, उनले भने, ‘प्रहरीले लेनदेन मुद्दा हेर्दैन। वास्तविक पीडितको मुद्दालाई प्राथमिकतामा राखेका छौं।’

प्रहरीमा उजुरी दिन मिल्ने भन्दै जुवाडेले पनि चेकमा कारोबार गर्न थालेको पाइएको छ। ‘हुँदाहुँदा अब जुवाडेले पनि चेकमा कारोबार गर्न थालेका छन्’, उनले भने, ‘प्रहरीको काम जुवाडेको पैसा उठाउने होइन नि।’

मिटरब्याजी र ढुकुटी खेलाउनेले बैंकसँग ऋण लिएर कारोबार गरेको कागजपत्रसमेत बनाउने जुक्ति लगाउन थालेका छन्। ‘म परिसर प्रमुख भएर आउँदा चेक बाउन्सका २ हजार ५ सय उजुरी पेन्डिङमा रहेछन्’, उनले भने, ‘मैले उजुरी हेरेर सम्पत्ति स्रोत खोज्न भनेपछि गलत आसय राखेर चेक बाउन्स गराउनेले चेक फिर्ता लिए।’ धेरै रकम ठगिएको भनेर प्राथमिकतामा राखेर अनुसन्धान गर्दा वास्तविक पीडितलाई झनै पीडा हुने गरेको उनले बताए।

प्रदेश प्रमुखका पत्नीदेखि पूर्वमन्त्री, पूर्वसचिव, सुरक्षा निकायका पूर्वप्रमुखसमेत परिसर धाउने गरेका छन्। अधिकांशको अनुसन्धान गर्दा मिटर ब्याज वा ढुकुटीमा जोडिने गरेको परिसरले जनाएको छ। ढुकुटी खेलाउनेले पहिल्यै चेक लिने र समयमा किस्ता नबुझाए बैंकमा पुगेर तीनपटक बाउन्स गरी प्रहरीमा उजुरी दिने गरेका छन्। जुवा र मिटरब्याजका हकमा पनि यही लागू हुन्छ।

‘१० लाखसम्मका उजुरी आउँदा वास्तविक पीडित हो कि होइन भनेर अनुमान लगाउन सक्छौं’, एसएसपी सुवेदीले भने, ‘तर, एकै व्यक्तिले २६ वटासम्म चेक बाउन्स गरेर उजुरी दिन ल्याएपछि शंका गर्ने ठाउँ प्रशस्त हुन्छ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ