कालिकोटका स्थानिय तहको काममा बिप्लव समुहको निगरानी

2019-07-16

कालिकोट - नेकपाका कार्यकर्ताले जनप्रतिनिधिलाई मुख्य निशानामा राखेका छन् । बिप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका भेरी कर्णाली संयोजक शितल विष्टले भ्रष्ट जनप्रतिनिधि प्रमूख निशानीमा रहेको बताए ।

‘राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने र अनीयमितता गर्नेहरुलाई जन कारबाही गर्ने पार्टीको योजना छ । कालिकोटका सबै स्थानीय तहमा व्यापक अनियमितता भएको जनगुनासो बढी आएका छन् ।’ विष्टले भने । यसको विषयमा पार्टीको समन्वयमा युवा संगठनले छानविन गर्ने उनको भनाइ छ । युवा संगठनका केन्द्रीय सदस्य समेत रहेका विष्टले अनियमितताकै बिरुमा जिल्लाका ९ वटै स्थानीय तह र ८२ वडामा ताला लगाएको बताए ।

कतिपय कामै नभएका योजनाहरुको बजेट जनप्रतिनिधले आफ्नो खातामा ल्याउने, काम नभए पनि भुक्तानीका लागि निश्चित प्रतिशत माग्ने गरेको गुनासो आफूहरुसँग् आएको उनी बताउँछन् । यस्ता गतिविधि विरुद्ध कडा रुपमा प्रस्तुत हुने विष्टले चेतावनी दिए । केही दिनअघि मात्रै भेरी कर्णाली ब्यूरो अन्तरगत १० जिल्लाका १ हजार २ सय जति युवाको संयुक्त बैठक पनि बसेको छ ।

ती युवाले अब गाउँमा आएका भ्रष्ट सरकारको कामको उच्च निगरानी राख्ने बताइएको छ । साथै पार्टीको काममा पूर्ण समय दिएर संगठन विस्तारमा लाग्ने बताइएको छ । यसका लागि पार्टीले सामान्य आधारभुत खर्चको व्यवस्थथा मिलाएको बताइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ