मध्यरातमा सरकारी कार्यालयबाट ल्यापटप, क्यामेरालगायतका सामान चोरी

2019-07-16

तनहुँ - नागरिकको सुरक्षाको जिम्मा लिएको सरकारकै आफ्नै श्रोत साधनको चोरी भएको छ ।

तनहुँको दमौलीस्थित व्यास नगरपालिका–३ स्थित पूर्वाधार विकास कार्यालयको, तनहुँ एकाईमा सोमबार मध्यरातमा चोरी भएको हो । मध्यरातको १२ बजेदेखि २ बजेभित्र चोरी भएको अनुमान गरिएको छ ।

कार्यालयको दायाँतर्फ रहेको झ्यालबाट ग्रिल निकालेर कार्यालयभित्रै रहेको दराज फुटाइ अज्ञात व्यक्ति÷समुहले चोरी गरेको जिल्ला प्रहरी कार्यालय तनहँुले जनाएको छ ।

कार्यालयबाट ६ वटा ल्यापटप, तीनवटा क्यामेरा, चार वटा पुलको फाइल र तीनवटा उचाई नाप्ने उपकरण चोरी भएको इन्जिनियर विवेक सिग्देलले जानकारी दिए ।कार्यालयमा रहेका तीन कर्मचारी रातको साढे १० बजे सम्म काम गरेका थिए । रातमा आएको हावाहुरी र वर्षात्का कारण लाईन गएपछि सुत्न गएकै बेला ती सामग्री चोरी भएको इन्जिनियर सिग्देलले बताए । बिहान करिब तीन बजे मात्र चोरी भएको घटना सार्वजनिक भएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ