पानी सतह बढेपछि कुलेखानीको ड्याम खोलिँदै, यसले कहाँ-कहाँ असर गर्छ ?

2019-07-15

काठमाडौं - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत आयोजनाको ड्याम (इन्द्रसरोवर)मा पानीको तह क्षमता भन्दा बढी हुन थालेपछि पानीलाई निकास दिइँदै छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार हाल इन्द्रसरोवरमा पानीको तह १ हजार ५ सय २५ मिटर ४० सेन्टिमिटर नाघिसकेको छ।

सरोवरमा पानीको तह १ हजार ५ सय ३० पुगेमा 'ओभर फ्लो' हुने हुँदा सोमबार बिहान ८ बजेबाट पानीलाई निकास दिइने निर्णय भएको तामाङले जानकारी दिए। 'अहिले पानीको तह १ हजार ५ सय २५ मिटर ४० सेन्टिमिटर नाघिसकेको छ। प्रतिघन्टा २ मिटरका दरले पानीको तह बढेका कारण ओभर फ्लो हुने हुँदा ड्याम नै खोल्न लागिएको हो,' तामाङले भने, 'सदरमुकाम हेटौंडामा पानी कम परे पनि कुलेखानी क्षेत्रमा वर्षा भइरहेकोले पनि छिट्टै ड्याम खोल्नुपर्छ भन्ने निर्णयमा पुगेका हौं।'

उनले ड्याम फुट्ने, भत्किने नभई पानीको 'ओभर फ्लो' हुन लागेकोले ड्यामको ढोका खोली पानीलाई निकास दिन लागिएको स्पष्ट पारे।

उनले मकवानपुरस्थित जिल्ला सुरक्षा समितिको बैठक बसी बिहान ८ बजेबाट ड्याम खोल्ने निर्णय भएको जानकारी दिए। सोका लागि ड्यामका प्रविधिक तथा नेपाली सेना खटिएको उनको भनाइ छ। तर, विद्युत सेवाको अभावमा तोकिएको समयमा ड्याम खोल्न असमर्थ बनेको तामाङले जानकारी दिए। 'हामीले ८ बजे ड्याम खोल्ने निर्णय गरेका छौं,' उनले भने, 'तर, अहिले सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध छ। विद्युत प्राधिकरणको बैठक बसिरहेको छ। सेना तथा प्राविधिको टोली तयार छ। विद्युत आपूर्ति हुनेबित्तिकै जुनसुकै बेला पनि ड्याम खोलिन सक्छ।'

प्रमुख जिल्ला अधिकारी तामाङले ड्यामको ढोका खोलेपछि खोलामा पानीको तह बढ्ने भएकोले तटीय क्षेत्रमा सचेत रहन आग्रह गरे। उनले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भिमफेदी गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका तथा सर्लाही र रौतहटका पनि केही भू-भागमा सावधानी अपनाउन आग्रह गरे।

'ड्याम खोलेपछि खोलामा पानीको तह बढ्छ। कुनै जनधनको क्षति नहोस् भन्न हामी तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयहरुलाई सावधान रहन आग्रह गर्दछौं,' तामाङले भने। उनले गृह मन्त्रालय, नेपाल प्रहरी, स्थानीय सञ्चार माध्यमलगायतबाट तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर्दै सूचना सम्प्रेषण गरिएको समेत जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ