सिम्ता र शिवालय गाउँपालिकाबीच सीमा विवाद, साइनबोर्ड उखेलेर फ्याँक्ने होडबाजी !

2019-07-13

जाजरकोट - जाजरकोट र सुर्खेतको सीमा क्षेत्रमा पर्ने छेडाचौरमा सीमा विवाद उत्पन्न भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका र जाजरकोटको शिवालय गाउँपालिकाबीच सीमा विवाद देखिएको हो।

शुक्रबार सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलगायतको टोली आएर छेडाचौरमा आफ्नो बोर्ड टाँसेर गएलगत्तै जाजरकोट शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीको टोली आएर पूर्ण सिम्ता गाउँपालिकाले राखेको साइनबोर्ड उलेखेर फ्याँकी आफ्नो गाउँपालिकाको बोर्ड राखेको प्रहरीले बताएको छ।

जाजरकोटको शिवालय गाउँपालिका–१ र सुर्खेतको सिम्ताको वडा १ बीचमा छेडाचौरलाई आआफ्नो दाबी गरेपछि विवाद उत्पन्न भई सीमा क्षेत्रमा राखिएको बोर्ड फालाफाल अवस्थामा पुगेको हो। शिवालय गाउँपालिकाका प्रशासकीय अधिकृत धनीराम शर्माका अनुसार सर्वोच्च अदालतले जाजरकोटको पक्षमा पहिले नै फैसला गरिसकेकाले विवाद गर्न जरुरी नभएको बताए।

पहिले समाधान भएको विषय अहिले स्थानीय सरकार गठनपछि पूर्ण बल्झिएको स्थानीयले बताएका छन्। उता सिम्ता गाउँपालिकाका अध्यक्ष केसीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। प्रशासकीय अधिकृत जनक हमालले सीमा क्षेत्रमा विवाद भएकाले दुवै पक्ष एकापसमा बैठक बसेर छलफलबाट समाधान खोज्ने बताए। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ