मौसम खराबीले विमानस्थलमा थन्कियो औषधि, डोल्पामा बिरामीको बिजोग

2019-07-13

बाँके - कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौं मूल्यको औषधि करिब सातादेखि नेपालगन्ज विमानस्थलमा थन्किएको छ। नेपालगन्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगन्जमै थन्किएको हो।

औषधि यहीँ थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ। जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगन्जदेखि जुफाल उडान हुन नसकेको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताए।

मौसममा खराबी आएर जहाजले उडान भर्न नसकेपछि विमानस्थल बन्द भएको उनले बताए। दुई सातादेखि अस्पतालमा ३० जनाभन्दा धेरै बिरामी भर्ना गरिएका छन्। औषधि अभाव हुन थालेपछि माथिल्लो निकायमा माग गरिएको औषधि नेपालगन्जमै थन्किएको निमित्त अस्पताल प्रमुख डा. सिजन रावलले बताए।

‘हरेक दिन बिरामी थपिइरहेका छन्, भुइँमा बिरामी राखेका छौं, तर औषधिको पीरलो भइरहेको छ,’ डा. रावलले भने, ‘यदि औषधि सकियो भने अन्य कुनै पनि विकल्प डोल्पामा छैन, निकै चिन्तित भएका छौं।’ मौज्दात औषधि सकिँदै गएको अस्पतालले जनाएको छ। विमानस्थलमा चार दिनदेखि बाक्लो हुस्सुले ढाकेको छ।

दैनिक उडानको आसमा बसेका यात्रुसमेत मर्कामा परेका छन्। मौसममा खराबी आएपछि नेपालगन्जबाट उडान भर्दै आएका तारा, गोमा, नेपाल एयरलाइन्सलगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्न नसकेको समिट एयरका स्टेशन इञ्चार्ज पूर्णजङ्ग शाहीले बताए। रासस




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ