विहे गर्न नमान्दा वडाध्यक्षकै रोहवरमा कुटपिट : घाइतेको मृत्यु, सडकमा शव प्रदर्शन

2019-07-13

विराटनगर - वडाध्यक्षकै रोहवरमा भएको छलफलका क्रममा घाइते भएका विराटनगर–१४ का ५५ वर्षीय शर्मानन्द यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । छोराको विवाहको विषयमा ३२ जेठमा भएको छलफलका क्रममा उनी घाइते भएका थिए । घटनालगत्तै उपचारका लागि उनलार्ई विराटनगर अस्पतालको आइसियूमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भारतको सिलगढी रेफर गरियो । सिलगढीबाट फेरि उनलाई विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो ।

यादवको कोसी अञ्चल अस्पतालमा शुक्रबार मृत्यु भएको हो । घटनापछि आक्रोशित बनेका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका छन् । युवती पक्षका आफन्तले मरणासन्न हुनेगरी कुटपिट गरेको उनीहरूको आरोप छ । उनीहरूले शक्तिको आडमा अपराधीहरूले छुटकारा पाउने अवस्था सिर्जना भएको आशंका गरेका छन् । उनीहरूले अभियुक्तलाई छिटोभन्दा छिटो पक्राउ गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

वडाध्यक्षकी आफन्तसँग बिहे गर्न अस्वीकार
मृतकका आफन्तहरूका अनुसार शर्मानन्दका छोरा राजेशकुमार यादवसँग विवाह गर्नका लागि विराटनगर–१४ का वडाध्यक्ष बलदेव यादवले जेहदा गाउँपालिकाकी एक युवतीको प्रस्ताव ल्याएका थिए । यी युवती बलदेवकी नातेदार हुन् । सुरुमा शर्मानन्दले यस प्रस्ताव स्वीकारेका थिए, तर राजेशकुमारले मानेनन् । ३२ जेठमा बलदेवले छलफलका लागि बोलाए । छलफलमा विराटनगर–१८ का वडाध्यक्ष सञ्जय शाह, जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीपनन्द यादव तथा बलदेवका आफन्तहरू उपस्थित थिए । शर्मानन्दले छोराले नै प्रस्ताव अस्वीकार गरेकाले आफूले केही गर्न नसक्ने बताए । त्यसपछि आक्रोशित युवतीका आफन्तहरूले उनीमाथि कुटपिट सुरु गरे । आफन्तहरूका अनुसार बलदेवका छोरा रविशंकर यादव तथा उनका आफन्तहरू विजय यादव, दिनेश यादव, भोला यादव, दीपेश शाहलगायतले शर्मानन्दलाई कुटपिट गरेर घाइते बनाएका हुन् । राजेशकुमारका अनुसार बाबुमाथि रड प्रहार गरिएको थियो, जसकारण घाँटीको नशा र हड्डीमा गम्भीर चोट लाग्यो ।

शर्मानन्द रोगी थिए : वडाध्यक्ष साह
यसअघि असारको दोस्रो हप्ता विराटनगर १८ का वडाध्यक्ष सञ्जय साहले नयाँ पत्रिकासँग कुराकानी गरेका थिए । शर्मानन्दमाथि कसैले पनि कुटपिट नगरेको उनको दाबी थियो । ‘कुटपिट भएकै छैन, भएको भए त उनको शरिरमा घाउ चोट भइहाल्थ्यो नि । रोगी मान्छे, उनले नै टाउको फुटाएका हुन्,’ साहले भनेका थिए, ‘विवाहको विषयमा भएको विवादपछि उनी आफैँले आवेशमा आएर भित्तामा टाउको ठोक्काएका हुन् ।’ इप्रका रानीका इन्स्पेक्टर इन्द्रबहादुर रानाले पनि घटनास्थलमा जाँचबुझ गर्दा शर्मानन्द आफैँ बेहोस भएको पाइएकाले उजुरी दर्ता नगरी सोझै अनुसन्धानका लागि पीडितहरूलाई जिल्लामा पठाइदिएको दाबी गरेका थिए । तर, शर्मानन्दका आफन्तहरूले टाउको ठोक्काएको भए टाउकोमा चोट लाग्नुपर्नेमा घाँटी र हड्डीमा कसरी चोट लाग्यो भनेर प्रतिप्रश्न गरेका छन् ।

आरोपितको खोजी जारी : प्रहरी
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता राजकुमार खिउजुले मृतकको शव परीक्षणका लागि पठाइएको र आफन्तको जाहेरीका आधारमा तीन वडाध्यक्षसहित अभियुक्तहरूको खोजी भइरहेको बताए ।

प्रहरीको बेवास्ता, वडाध्यक्षत्रय सम्पर्कविहीन
घटनालगत्तै राजेशले तीनजना वडाध्यक्षलाई मतियार बनाएर कुटपिटमा संलग्न रविशंकर यादव तथा उनका आफन्तहरू विजय यादव,दिनेश यादव, भोला यादव र दीपेश साहविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । तर, सुरुमा इलाका प्रहरी कार्यालय रानीले उजुरी नै लिन मानेन । त्यसपछि उनले जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएका थिए । तीन असारमा जिल्ला प्रहरी कार्यालय मोरङले उजुरी दर्ता गर्न इप्रका रानीलाई सर्कुलर गरेको भए पनि अहिलेसम्म अभियुक्तहरू पक्राउ परेका छैनन् । आरोपित तीनै जना वडाध्यक्ष समाजवादी पार्टीमा आबद्ध छन् । शर्मानन्दको मृत्युपछि नयाँ पत्रिकाले कुराकानी गर्न खोज्दा तीनैजना वडाध्यक्षको फोन सम्पर्कविहीन थियो ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ