आइतबारसम्म देशैभर वर्षाको सम्भावना

2019-07-13

काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले देशैभर भइरहेको अविरल वर्ष आइतबार रातिसम्म जारी रहने प्रक्षेपण गरेको छ । शनिबार र आइतबार देशैभर अविरल वर्षा कायम रहने महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए । सोमबार बिहानदेखि भने मौसममा सामान्य सुधार हुने पूर्वानुमान छ ।

जहाँ भारी वर्षाको सम्भावना छ
शनिबार दिउँसो पूर्व र मध्य तराई तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । पूर्व र मध्य पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ ।
शनिबार राति पूर्वको मध्यपहाडी क्षेत्र र पश्चिमको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । राति नै तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने अनुमान छ ।

आइतबार दिउँसो, पूर्व तथा मध्य क्षेत्रका केही स्थान र पश्चिमका केही स्थानमा भारी वर्ष हुने अनुमान छ । पूर्व र मध्य, पश्चिम पहाडी क्षेत्र र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

आइतबार राति भने पूर्व मध्य क्षेत्रका थोरै स्थान तथा पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । पूर्व र मध्य क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षको अनुमान छ । पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

बाढीको सम्भावना भएका नदी र खोला
शनिबार र आइतबार प्रदेश नम्बर १, २, ३ र गण्डकी प्रदेशका चुरे क्षेत्र भई बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी दुई दिन पूर्वको कन्काई, सप्तकोसी, तमोर, दूधकोसी, सुनकोसी, कमला, बागमती र पूर्वी राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यस्तै, प्रदेश नम्बर १ र २ का तराई क्षेत्र, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम क्षेत्रका होचा भूभाग डुबानमा पर्न सक्ने महाशाखाले अनुमान गरेको छ ।

कहाँ कति वर्षा भयो ?
शुक्रबार सबैभन्दा धेरै सिमरामा ३११ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । क्रमशः जनकपुर २४५ दशमलव २, धरान १५५ दशमलव ८, काठमाडांैमा ११५ दशमलव २, ओखलढुंगामा १०१ दशमलव ३ र धनकुटामा ७५ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ