2019-07-12 |
काठमाडौं - सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उच्चस्तरका नेता पक्राउ नगर्न सुरक्षा निकायलाई आन्तरिक सर्कुलर गरेको छ।
सरकारले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई यस्तो सर्कुलर गरेको हो। सरकारको उक्त सर्कुलरबारे नेपाल लाइभलाई जानकारी दिँदै नेपाल प्रहरीका एक एसएसपीले सर्लाही घटनापछि सरकारले प्रहरीलाई अति लचता अपनाउन भन्दै यस्तो सर्कुलर गरेको हो।
‘सर्लाही घटनापछि विप्लव समूह आक्रमक रुपमा आउनसक्ने आंकलन सरकारको थियो। सो घटनापछि उच्चस्तरका नेता पक्राउ गर्दा विप्लव समूह झनै उत्तेजित हुने भन्दै सरकारले यस्तो सर्कुलर गरेको हुनसक्छ,’ गृहका अधिकारीले भने।
माथिल्लो स्तरका नेता कार्यकर्ता पक्राउ गर्दा वार्ताको वातावरण बिग्रन सक्ने भन्दै सरकारले त्यसप्रति सचेत रहेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। यद्यपि, उनीहरूमाथिको निगरानी भने कायमै राख्न सरकारले निर्देशन दिएको ती अधिकारीले बताए।
सरकारले माथिल्लोस्तरका नेताभन्दा फिल्डमा खटिने तल्लोस्तरका नेता कार्यकर्ता पक्राउ गरे वार्ताका लागि थप दबाब बढ्ने आंकलन गरेको छ। सोही अनुसार सुरक्षा निकायलाई तल्लोस्तरका नेता कार्यकर्ता पक्राउ गर्न सरकारले निर्देशन दिएको छ।
सरकारकै निर्देशन अनुसार अहिले विप्लव समूहका माथिल्लो स्तरका कुनै पनि नेता पक्राउ परेका छैनन्। छिटपुट रुपमा तल्लो स्तरका स्थानीय नेता कार्यकर्ता मात्रै पक्राउ परेका छन्।
जसकारण वार्ताको माहोल बन्दै गएको विश्लेषण गरिएको छ। विप्लव समूहले लिखित रुपमा पत्र आए वार्तामा बस्न सक्ने जनाएको कुरा बाहिर आएको छ।
यसको संकेत केही दिनअघि (असार १० गते) भरतपुर महानगरपालिकाको चौथो नगरसभा समुद्घाटन समारोहमा बोल्दै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।
प्रचण्डले आफूले विप्लवलाई नजिकबाट चिनेको भन्दै भनेका थिए, ‘शान्ति प्रक्रियामा आउँदा दुई वर्ष उहाँ मेरो कार्यालयको मुख्य सचिव भएर बसेको कारणले मैले नजिकबाट चिन्छु।'
आफूले पाएको संकेत अनुसार विप्लव शान्तिपूर्ण बाटोमा आउने र समस्याको पनि शान्तिपूर्ण समाधान हुने प्रचण्डले बताएका थिए। अन्य साथीहरू फर्किएझैं विप्लव पनि फर्किने उनको दाबी थियो। विप्लवको मनमा आफूप्रति घृणा नभएको प्रचण्डको भनाइ थियो। प्रचण्डको उक्त भनाइले त्यसबेलै विप्लव मूलधारमा आउने संकेत गरेको थियो।
गत फागुन २८ गते बसेको मन्त्री परिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो।
आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान जानेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूहले कुनै राजनीतिक दल नभई आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।
सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, जहाँ भेटियो त्यही पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई समेत दिइसकेको थियो।
प्रतिबन्धपछि विप्लव समूहका ८ जनाको ज्यान गइसकेको छ। ५ जनाको आफैंले राखेको बम बिस्फोट भएर ज्यान गएको थियो। भोजपुरमा तीर्थराज घिमिरे र ओखलढुंगा जिल्ला सेक्रेटरी नीरकुमार राई, सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलेको सर्लाहीमै प्रहरी कारबाहीमा ज्यान गइसकेको छ।
विप्लव पक्षको आक्रमबाट नेकपाको कारबाहीबाट प्रहरी जवान सञ्जिव राईको ज्यान गएको छ। विप्लव नेकपाबाट मारिने राई पहिलो नेपाल प्रहरी हुन्।
यसघटनाबारे विज्ञप्ति निकाल्दै विप्लव नेकपाले तीर्थराज घिमिरेलाई चरम यातना दिएर हत्या गर्ने मध्ये एक प्रहरी सञ्जिव राई भएको र उनीसँग नीरकुमारको जम्काभेट भएकाले प्रतिरोधका क्रममा ज्यान गएको जनाएको छ।
विप्लव नेकपा प्रतिबन्धपछि ५ सय ७९ नेता कार्यकर्ता पक्राउ परिसेका छन् भने ५ सय ३६ वटा मुद्दा दर्ता भएको छ। ५ सय ११ थान हतियार प्रशासनमा बुझाइएको छ भने ९ सय ९३ राउण्ड गोली बरामद भएको छ। १८ ठाउँमा बम बिस्फोट भइसकेको छ। जहाँ एक सर्वसाधारणसहित विप्लवकै ५ कार्यकर्ताको मृत्यु भइसकेको छ।
नेपाललाइभबाट
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...