अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, बागमती नदीको बहाव खतरामाथि

2019-07-12

काठमाडौं - बिहीबार दिउँसोबाट परेको अविरल वर्षाका कारण काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती नदीको तराई क्षेत्रमा बहाब खतरामाथि पुगिसकेको छ भने कमला र कन्काईमा बहाब सतर्कता नजिक छ।

कोसी नदीको बाढीको बहाव पनि सतर्कता तह नजिक रहेको विभागले जनाएको छ।

प्रदेश १, २ र ३ का सबै चुरे खोलाहरुमा बहाव सतर्कता माथि रहेकाले उच्च खतरा देखिन्छ।

कमला नदी-धनुषा-तितरिया बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकाले धनुषा र सिरहाका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पनि मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ।

बागमतीको पधेँरादोभान बाढी मापन केन्द्रमा बिहान ८ बजे जलसतह खतरा तह पुगेको छ। यो बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका तटीय क्षेत्रमा हुनेहरू बेलुकासम्म सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

मेची, निन्दा, बिरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, बालन, खुट्टी, चुरियाखोला, खाडो, माहुली, रातो, हर्दी, लालबकैया लगायत साना नदी जलाधारको धेरै स्थानहरूमा सतर्कताभन्दा माथि बाढी आउनेगरी वर्षा भइरहेको छ।

सडक बन्द
निरन्तरको झरी र पहिरोका कारण काभ्रेको रोशी गाउँपालिका स्थित १ बिपी राजमार्ग स्थित पिप्ले, कालढुङगा, रोशीपुल नजिक पहिरो झरेकाले सडक अवरुद्ध बनेको छ।

बुटवलबाट पाल्पा जाने सडकमा पनि यातायात सञ्चालन हुन सकेको छैन। लमजुङबाट मनाङ जाने बाटो पनि पहिरोका कारण बन्द भएको छ। यस्तै भोजपुरबाट धरान जाने सडक पनि अवरुद्ध भएकाले यातायातका साधन चल्न सकेका छैनन्।

आइतबारसम्म मनसुन सक्रिय
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मनसुन अति सक्रिय हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घन्टामा देशको पूर्व, मध्य, तराई र मध्य पहाड क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ।

पूर्व र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रवार बुलेटिन जारी गरी आगामी तीन दिनको मौसमको प्रक्षेपण गरेको छ।

शुक्रबार
दिउँसो: देशभर अधिकांश बदली रही धेरैजसो स्थानहरूमा वर्षा हुने र पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ। भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा अति भारी वर्षा हुनेछ।

रातिः देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुनेछ। भने पूर्व क्षेत्रका तराई र मध्य पहाडका थोरै ठाउँहरूमा धेरै भारी वर्षा समेत हुनेछ। देशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

शनिबार
दिउँसो: देशको खासगरी पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने छ भने, पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षाको सम्भावना छ।

रातिः देशभर व्यापकक्षेत्रमा वर्षा जारी रहनेछ। देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने छ भने ,पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षा समेत हुनेछ।

आइतबार
दिउँसो: देशभर भारी वर्षाको सम्भावना रहेको छ। पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने छ भने, पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ।

रातिः देशको पूर्व र मध्य क्षेत्रका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ भने पूर्व र मध्य क्षेत्रका मध्य पहाड र तराईका थोरै ठाउँहरूमा धेरै भारी वर्षा सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ