मन्त्रिपरिषद् बैठक नसकिँदै किन बाहिरिए मन्त्री यादव ?

2019-07-09

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद्‌को बैठक चलिरहेकै बेला बिचैबाट बाहिरिएका छन्। सिंहदरबारमा आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद्को बैठकबाट मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन्।

मन्त्री यादव आयातित फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएसँगै विवादमा तानिएका थिए।

यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै भारत तथा तेस्रो मुलुकबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्ने निर्णयमा पछि हट्नुको आफूले नैतिक जिम्मेवारी लिने बताएका थिए। कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालसँग कुरा बाझिएपछि यादवले सचिवको भर पर्दा यस्तो अवस्था आएको बताएका थिए।

सरकारका पछिल्ला निर्णयहरु लगातार विवादमा पर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका थिए।

यसअघि सोमबार साँझ पनि बैठक बसेको थियो। छोटो समय मात्रै बसेको बैठकमा कुनै पनि निर्णय भएको थिएन। आजको बैठकले सोमबार प्रवेश गराइएका विषयमा छलफल गर्ने र निर्णय लिने बताइएको छ।‍




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ