चार देशका लागि सिफारिस भएका राजदुत अनुमोदित

2019-07-09

काठमाडौँ - सरकारले चार देशका लागि सिफारिस गरेका राजदूतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । सोमबारको समिति बैठकले अस्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि वंशीधर मिश्र, स्पेनका लागि दावा फुटुङ शेर्पा र कतारका लागि नारदनाथ भारद्वाजलाई स्वीकृत गरेको हो ।

प्रस्तावित राजदूतले संसदीय सुनुवाइका क्रममा आफ्ना भावी कार्ययोजना पनि सुनाए । बंगलादेशका लागि प्रस्तावित मिश्रले चुरे क्षेत्रको बस्ती तराई–मधेसमा सारेर त्यहाँबाट निस्किएको ढुंगा बंगलादेशलाई बेच्ने योजना सुनाए ।

उनको प्रस्तावमा सत्तारूढ दलकै सांसदले पनि आपत्ति जनाए । सरकार र सत्तारूढ दलले कुनै योजना नै नबनाएको विषयमा प्रस्तावित राजदूतले बोल्नु गम्भीर भएको उनीहरूको भनाइ थियो । नेकपाका सुरेन्द्र पाण्डे, कांग्रेसका भीमसेनदास प्रधान र पुष्पा भुसाल, समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलगायतले उनको भनाइको आलोचना गरे । लगत्तै मिश्रले ‘यो आफ्नो व्यक्तिगत योजना भएको’ भन्दै सुधार गरे ।

सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरूले नेपाल र सम्बन्धित मुलुकको कूटनीतिक सम्बन्ध अझ सुमधुर पार्न भूमिका खेल्ने, नेपालको पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने, नेपाल र सम्बन्धित मुलुकबीचको कनेक्टिभिटी, व्यापारलगायतमा जोड दिने कार्ययोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।

उनीहरूमाथि परेका दुई उजुरीमाथि सांसदहरूले प्रश्न गरेका थिए । राजदूत सिफारिस प्रक्रिया नै गलत भएको भन्दै एउटा उजुरी परेको थियो भने अर्को अस्ट्रेलियाका लागि प्रस्तावित महेशराज दाहाल अमेरिकी ग्रिनकार्ड होल्डर रहेको उजुरी थियो । ‘दाहालजी भर्खरै मात्र पनि अमेरिकाबाट फर्किनुभएको रहेछ । उहाँको श्रीमतीको पनि अमेरिकामा वर्किङ भिसा रहेछ । ग्रिनकार्ड रहेको भन्ने उजुरीको आधारमा हामीले बुझ्दा त्यस्तो पाइएन,’ समिति सभापति लक्ष्मणलाल कर्णले भने । संसदीय सुनुवाइबाट अनुमोदित राजदूतलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ ।

स्पेनका लागि अनुमोदित दावा फुटुङ पासाङ ल्हामु शेर्पाकी छोरी
संसदीय सुनुवाइबाट बंगलादेशका लागि अनुमोदित राजदूत डा. वंशीधर मिश्र सत्तारूढ नेकपाका नेता हुन् । पूर्वसांसदसमेत रहेका मिश्र प्रतिनिधिसभाको गत निर्वाचनमा रौतहट ४ बाट पराजित भएका हुन् । उनी कांग्रेसका देवप्रसाद तिमल्सिनासँग पराजित भएका थिए । त्यस्तै, स्पेनका लागि अनुमोदित दावा फुटुङ शेर्पा सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुन् । अस्ट्रेलियाका लागि अनुमोदित महेशराज दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट मानिन्छन् । उनले सुरुमा अमेरिकाका लागि राजदूत बन्ने कसरत गरे पनि अन्ततः अस्ट्रेलियाको राजदूत सिफारिसमा परेका थिए । कतारका लागि अनुमोदित राजदूत नारदनाथ भारद्वाज पनि नेकपाकै नेता हुन् । उनले तत्कालीन एमालेको विदेश विभागमा रहेर काम गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ